Thursday, June 25, 2015

सफलता Vs बहाना_78

सफलता Vs बहाना
1. मलाइ उचित शिक्षा पाउने अबसर मिलेन
- उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।
2. म धेरै पटक हारीसके अब हिम्मत छैन
- अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ।
3. म अत्यन्त गरीब घरबाट छु
- पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।
4. सानो देखि अस्वस्थ थिए
- ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।
5. मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु
- निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।
6. एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो
- प्रख्यात नृत्यांगना सुधा चन्द्रनको खुट्टा नक्कली छ ।
7. मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन
- थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थ्यो ।
8. सानैमा नै मेरो बुवाको निधन भएको थियो
- प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।
9. मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो
- लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।
10. म एक सानोतिनो नोकरी गर्छु
- यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेको थियो ।
11. मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ
- दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।
12. मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु
- डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।
13. मेरो उमेर धेरै भयो म बुढा भइसके
- विश्व प्रसिद्ध केंटुकि फाइड चिकेनको मालिकले 60 वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।
14. म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छ
- झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।
15. म सित धन छैन
- इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।
16. म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन
- वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।
आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता या सपना चाहिन्छ कि खोक्रो बहाना ? बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......