Sunday, June 28, 2015

संसारको वास्तविकतामा को , के हो ?_118

 · 

यो संसारको वास्तविकतामा को , के हो ?

केराको बोक्रा - पृथवीसित मिलाप गर्ने दलाल
सिनेमा - पैसा दिएर कैदी बन्ने स्थान
जेल - बिना पैसाको होस्टेल
सासू - बुहारीको पछाडी छोडीदिएको निशुल्क जासुस
चिन्ता - तौल कम गर्ने सबैभन्दा सस्तो औषधि
मृत्यु - बिना पासपोर्टले पृथवी देखि टाढा जाने छुट
ताला - बिना सेलरीको चौकिदार पाले
भाले - गाउँको अलार्म घडी
झगडा - वकिलको कमाउने धन्धा
चश्मा - जादुगर आँखा
स्वप्न - बिना पैसाको फिल्म
हस्पिटल - रोगिहरुको सङ्ग्राहालय
शमशानघाट - दुनियाँको अन्तिम स्टेसन
ईश्वर - कसैसित कहिल्यै भेटघाट नगर्ने व्यवस्थापक
चियाकफि - कलयुगको अमृत
विद्वान - बुद्धिको ठेकेदार
चोर - रातको इमान्दार व्यापारी
विश्व - एक महान धर्मशाला

गल्ती जिन्दगीको एक पन्ना हो , तर नाता पुरै किताब
हो , आवश्यक पर्दा गल्तिको एक पन्ना च्यात्नु तर एक
पन्नाको लागि पुरै किताब नच्यात्नु ।।।।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......