Saturday, June 27, 2015

युवा दार्शनिक डा. योगि विकाशानन्दका भनाइहरु_92

नेपालका युवा दार्शनिक डा. योगि विकाशानन्दका युगान्तकारी भनाइहरु :

" यदि दुख हामी भित्र छ भने सुख पनि हामी भित्रै छ फरक यती मात्र हो कोहि दुखबाट कायर बनी भाग्न खोज्छन कोहि दुखलाई सदुपयोग गर्छन "

" यदि तपाइलाई महान सफल बन्नुछ भने पहिला महान असफल बन्नुपर्छ "

" यदि तपाइलाई राम्रो बोल्नुछ भने राम्रो सुन्नुपर्छ "

" हामी आफू उल्टो बुझेर दुनियाँलाई उल्टो उल्टो काम गरेको देख्छौ "

" राम्रो मान्छेको अर्थ किन हुन्छ त दुनियाँमा भने नराम्रो मान्छे पनि भएकोले "

" हरेक हण्डर र दुखहरु सफलताको एक एक खुड्किला हो "

" सफलताको दुई वटा रहस्य छ एउटा या त महान मान्छेले गरे जस्तो गर या सामान्य मान्छेले गरेजस्तो नगर "

" गरिब हुनु दुखको कुरा होइन गरीब मान्छे त एकदिन अवस्य पैसा कमाउछ तर दरिद्र मानसिकता भएको मान्छे कहिल्यै धनी हुन सक्दैन "

" प्रेमको लागि भाव चाहिन्छ शब्द होइन "

" मानिसको चुनौती नै दर्द मुक्त समाजको स्थापना हो "

" विशाल हृदय राख्न चाहनेले अर्काको आलोचना सहनुपर्छ "

मन परे सक्दो शेयर गरौ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......