Monday, June 29, 2015

भरोसा_133

साना बालकलाइ माथि हावामा उछाल्दा, उ हाँस्दछ; 
किनकि उ निश्चित छ कि तल झर्दा उसलाइ अवस्य समातिने छ । 
हो यही भरोसा  (Trust)

रिस गरेर हुन्छ?_132

एउटा बाहुनको छोरो दुख गर्छ
मिहेनत गर्छ टुप्पी कसेर पढ्छ
अनि लोक सेवा आयोग पास गरेर प्रशानिक नेतृत्वमा पुग्छ !
अब उनले देश हाक्यो भनेर रिस गरेर हुन्छ ......

नेवार समुदायको शाक्यहरु सुन
चादी व्यापार गर्छ .....
करोडौ कमाऊछ ......
अब उसको सम्पति माग्न जाने त.....
गुरुङ मगर र राइ लिम्बुका छोरा ब्रिटिश आर्मीमा जान्छ......
ज्यानको बाजी थापेर काबुल ,
बग्दाद बसेर धन कमाउछ ....
के अब उसको धन लुट्न जाने........... .
क्षत्रीको छोरो पल्टनमा जागिर
खान्छ .......
अब उ जर्नेल भयो भनेर मुर्मुरिएर हुन्छ......
सोलुको शेर्पा र रसुवाको तामांगलाई खैरेले sponsor गर्छ,विदेश लग्छ..... 
अब डडेल्धुरा र इलामको जनताले डाह गरेर हुन्छ......
काठमाडौँ राजधानी भाको छ......
यहाको जमिनको मुल्य सुन सरह छ........
अब बाकीले इर्ष्या गरेर हुन्छ.....
सिन्धुपाल्चोक र बिरगंज ब्यापारिक नाका भयो भनेर
अरु स्थानको जनताले लोभ गरेर
हुन्छ........

सबै क्षेत्र र जातिको आ आफ्नै
बिशेसता र मौलिकता छ...........
तेसैले त सास्कृतिक ,भासिक
,साम्प्रदायिक बिबिधतामा नै
रास्ट्रिय एकता नेपालको सुन्दरता हो..........

मधेसमा अन्नको भण्डार छ......
हिमालमा अग्ला हिमालहरु छन्......
पहाडमा उपत्यका छन्..........
हिमाल पहाड र तराई नै
नेपालका तीन आधार स्तम्भ हून........

 

त कति महान हुने थिईस होला._131

मानिसले कालो कौवा लाई भन्यो साच्चै त कालो हुन्न थिस
होला त कति राम्रो हुन्थिस
होला फेरि समुन्द्र लाई भन्यो साच्चै त नुनिलो हुदैन थिस होला त कति पवित्र हुने थिईस होला पुन गुलाबको फुललाई भन्यो त सँग काडा नभयको भय कति सुन्दर हुने थिस होला

ति कौवा, समुन्द्र र गुलाबको फुलले एकै स्वरमा भने साँच्चै त मान्छे अर्काको कुरा काट्दैन थिईस त कति महान हुने थिईस होला....!!!

सफलता को सुत्र_130

जती लखेत्दा नि खरायोलाई स्यालले भेट्न नसकेसी सोध्यो -
"हैन हो सोल्ती हुनत तिमि भन्दा म छिटो दौदिन्थे तेही पनि
तिमीलाई भेट्न सकिन नि "
खरायोले मुस्कुरौदै जवाफ फर्कायो - 
"सोल्ती You Are Running for your Meal‬ But I Am Running for my Life‬"

सफलता को सुत्र_129

यस्तो गर्छु उस्तो गर्छु भन्दै
हल्ला गर्दै नहिँड्नुहोस्
बस् आफ्नो लक्ष्य प्रति अडिग रहनुहोस्
एक दिन तपाइँको सफलताको
कारण अरुले हल्ला गर्दै
हिँड्नेछन्त पाइँको बारेमा "

सफलता को सुत्र_128

" हिम्मतलाई जाँच्ने दुस्साहस नगर्नु ........पहिल्यै नै धेरै तुफानहरुको बाटो मोडिसकेको छु "

" गन्तव्य त्यस्तो चाहियो कि जुन दिन म हारे पनि त्यो दिन जित्नेहरुको भन्दा धेरै मेरै चर्चा होस "

" दादागिरी त म मृत्यु पछि पनि गर्नेछु ......मान्छे पैदल हिड्नेछन र म उनिहरुकै कन्धामा "

" हुकुमत उसैले गर्दछ जसले अरुको दिलमाथी राज गरेको हुन्छ , नत्र भने ताज त गल्लिको भाले कुखुराको टाउको मा पनि हुन्छ "

" केटि त कहिल्यै पटाउन सकिन तर बदनाम यसरी भइरहेको छु कि जस्तो कि 100 रानीहरुमा एक्लै बादशाह हु "

" मेरो जिन्दगीको कहानी केही यस्तो छ जसमा Hero पनि मै , र Villain पनि मै "

" रेस त्यो मान्छेहरुले लगाउछन जसलाई आफ्नो किस्मत अन्दाज गर्न चाहन्छन , म त त्यो खेलाडी हु जो किस्मतको साथ खेल्ने गर्दछु "

" म जान्दछु कि बादशाह बन्ने जस्तो कुरा मेरोमा केही छैन तर यो कुरा पनि सुन्नुस साथिहरु .... कि म जस्तो बन्ने बादशाह को पनि औकात छैन "

" खेल तासको होस या जिन्दगीको ....आफ्नो एक्का तब नै देखाउनु जब सामने बादशाह हुन्छ "

सफलता को सुत्र_126

" दर्द " 
सबै मान्छेमा हुन्छ तर ....
कोहि देखाउछ भने कोहि लुकाउछ ।

" सहयात्री " 
सबै हुन्छन तर ...
कोहि साथ दिन्छन कोहि साथ छोडीदिन्छन

" माया " 
सबैले गर्छन तर ....
कोहि दिलले गर्छन भने कोहि दिमागले गर्छन

" मित्रता " 
सबैले गर्छन तर ...
कोहि जाँच्छन भने कोहि निभाउछन

" नाता " 
सबैसित हुन्छ तर ....
कोहि यसलाई प्रेमपुर्वक निभाउछन भने कोहि घृणाको भावले निभाउछन

" एहसास "
सबैलाई हुन्छ तर ...
कोहि महशुस गर्छन भने कोहि बुझ्न सक्दैनन

" जिन्दगी " 
सबैले जिउछन तर ...
कोहि सबैकुरा पाएर पनि दुखी हुन्छन भने कोहि सबैकुरा गुमाएर पनि सुखी हुन्छन।।।।

सफलता को सुत्र_126

" मैले आफ्नो मृत्युको अपवाह फैलाएको थिए ....
दुश्मनले पनि भन्न थाल्यो मान्छे राम्रो थियो "

" दुनियाँ बदल्ने शुरुवात हामिले त्यो मुहार बाटै गर्नुपर्दछ जो हामीलाइ ऐनामा नजर आउँछ "


सफलता को सुत्र_125

दुईजना मानिस एकआपसमा कुरा गरीरहेका थिए ...

पहिलो : कतिवटा बच्चा छ तिम्रो ?

दोस्रो : भगवानको आशिर्वादले दुई छोरी छिन एक घरमा छिन एक बाहिर पढ्छिन ।

पहिलो : धन्यवाद छ कि मेरो घरमा कुनै छोरीले जन्म लिइनन र यो कुरा भनेर उ हाँस्न थाल्यो ।

तर नजिकैबाट एउटि सानी बच्चिले यो कुरा सुनिरहेकी थिइन र उनले तत्कालै विनम्रतापुर्वक जवाफ दिइन - " अंकल ? भगवानले छोरी पनि उसैलाई दिन्छ जसको छोरी पाल्ने हैसियत हुन्छ " ।

सफलता को सुत्र_124


"तपाइले कति कमाउनुभयो त्यो इम्पोर्टेन्ट होइन , तपाई कति खुशी हुनुहुन्छ यो इम्पोर्टेन्ट हो " 
यस कुरालाई प्रष्ट्याउन तलको लाइन पढौ ।

सन् १९२३ मा दुनियाँका धनी मानिएका आठ व्यक्तीहरु भेला भएका थिए । उनिहरु आठ जनाको सम्पत्ती सङ्कलन गर्दा अमेरिकि सरकारको सम्पत्तिभन्दा धेरै हुनेरहेछ । उनिहरु व्यवस्थित जिवनयापन र सम्पत्तिको व्यवस्थापनमा माहिर थिए । तर पच्चिस वर्षपछि उनिहरु कस्ता भए एकछिन चर्चा गरौ ।

१. अमेरिकाको सबभन्दा ठूलो स्टिल कम्पनिका मालिक चार्ल्स स्वेब पाँच वर्षसम्म पैँचो माग्दै जिवनको अन्तिम घडिमा टाट पल्टेर मरे । 
२. सबभन्दा ठूलो ग्याँस कम्पनिका मालिक होवार्ड हब्सन पागल भए । 
३. ठुला व्यापारी अर्थर क्युटन टाट पल्टेर मरे । 
४. न्युयोर्क स्टक एक्स्चेन्जका प्रेसीडेन्ट रिचार्ड व्हाइट्नी जेल परे । 
५. प्रेसीडेन्ट क्याविनेटका सदस्य अलवर्ट कललाई जेल परे । जिवनको अन्तिम समयमा घरपरिवारसँग बिताउन सकुन भनेर उनलाई जेल मुक्त गरियो । 
६.वालस्ट्रि्टका ठुला शेयर व्यापारी जेस्सी लिभरमोरले आत्महत्या गरे ।
७. विश्वकै एक ठुला एकाधिकार व्यापारी इभार कृयुजरले आत्महत्या गरे ।
८. बैङ्क अफ इन्टरनेसनल सेटलमेन्टका प्रेसीडेन्ट लियोन फ्रासरले आत्महत्या गरे ।

Sunday, June 28, 2015

बा, पाठशाला जान्न म;


बा, पाठशाला जान्न म

बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहास भन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ ।
बनिसकेका बाटोमा हिड्नभन्दा
बाटो बनाउदै हिड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदोल चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतलाले नाप्नुछ मैले प्रत्येक टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको ।
बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

सफलता को सुत्र_123


जिन्दगी खाली दुःख,
पीडाको गुनासो गर्नको लागि होइन!
# यदि तपाईको फ्रिजमा खाना छ,
शरीरमा लुगा छ र घरमा ओतलाग्ने छाना र
सुत्ने ठाउँ छ भने तपाइ संसारका ७५ प्रतिशत
मानिसभन्दा धनी हुनुहुन्छ ।

# यदि तपाईको पर्समा पैसा छ, तपाई जहाँ सुकै
जान सक्नुहुन्छ भने तपाइ
संसारका सबैभन्दा धनी १८ प्रतिशत
मानिसहरुमा पर्नुहुन्छ ।
# यदि आजको दिनमा तपाई बिरामी हुनुहुन्न
भने तपाई
करोडौं मानिसभन्दा भाग्यमानी हुनुहुन्छ।
# यदि तपाई यो पढ्दै हुनुहुन्छ र बुझ्नुपनि हुन्छ
भने संसारमा पढ्न, देख्न नसक्ने र मानसिक
रोगले ग्रस्त तीस करोड
मानिसभन्दा बढी भाग्यशाली हुनुहुन्छ ।
>> जिन्दगी खाली दुःख,
पीडाको गुनासो गर्नको लागि होइन, तपाईँसँग
दुःखी हुने भन्दा खुसी हुने कारण धेरै छन् ।
आशा राखौं, योजना बनाऔं, जाँगर पोखौं, मेहेनत
गरौं, चुनौति लिऔं, अझ
बढी खुसी पाउनुहुनेछ ।

सफलता को सुत्र_122


अर्नेस्ट हेमिङवेको कालजयी कृतिको नाम हो–
'ओल्ड म्यान एन्ड सी ' । यस
कृतिले सन् १९५४ को साहित्यमा दिइने नोबेल
पुरस्कार कुम्ल्याएको छ । त्यस वर्ष हजारौं
साहित्यकारले आफूले पुरस्कार पाउने आशा राखेका

होलान् ।
 
 तर, भाग्यको साथ दियो हेमिङवेलाई ।
बाहिरबाट हेर्दा यो भाग्यको कमाल देखिए पनि
गुदी कुरा यो उनको कर्म अर्थात् परिश्रमकै
परिणाम भन्न सकिन्छ । उनले पुरस्कार थापेको
दुनियाँले देखे तर उनले यसका लागि कति
पसिना चुहाए थोरैले मात्र थाहा पाए । सुनिन्छ– यस
पुस्तकलाई उनले कैयन्पटक पुनःलेखन गरेका
थिए । यहाँसम्म कि यस पुस्तकको अन्तिम
भागलाई उनले दुई सयपटकसम्म लेखन तथा
पुनःलेखन गर्न भ्याएका थिए । कति रे ? दुई सय
पटक, हो दुई– दुई सय पटक । कल्पना गर्नुुस् त ।
एकै पन्नालाई मात्रा पनि दुई सय पटक
सार्नुपर्दा कति समय खर्च होला ? कति धैर्यको
खाँचो पर्ला ? अतः हेमिङवेले नोबेल पुरस्कार
पाउनु यस अर्थमा मुनासिबै देखिन्छ । यसै
सन्दर्भमा थोमस एल्बा एडिसनको कुरा बहुत सटिक
दखिन्छ । मैले गरेको परिश्रम नियालेर हेर्ने हो
भने मैले पाएको परिणामदेखि मान्छेलाई अचम्म
लाग्दैन ।
प्रसंग बदलौं । समसामयिक विश्वमा सबैभन्दा
बढी बिकेको पुस्तकमध्ये एउटा हो– 'चिकन सुप
फर योर सउल ' अर्थात् आत्माका लागि अमृत । यस
पुस्तकका लेखकद्वय हुन् – ज्याक क्यान फिल्ड र
मार्क हेन्सन । उनीहरूले यो किताबलाई तयार
पारीवरी प्रकाशककहाँ पठाए । तर ,
प्रकाशकले सुधारको अपेक्षासहित फर्काए ।
लेखकद्वयले यसलाई पुनःलेखन गरेर
प्रकाशककहाँ फेरि पठाए । फेरि पनि अझै
सुधारको सुझावसहित पुस्तक फर्काइयो । उनीहरूले
हार मानेनन् । बरु अझै सशक्त सामग्रीसहित
पुस्तक प्रकाशकलाई ठम्याए । तर , यसपालि पनि
पुस्तक छापिएन । कुरा तीन –चारपटकको
प्रयासमा टुंगिएन । उनीहरूले आफ्नो पुस्तकलाई
३४ पटकसम्म लेख्न, फेरि लेख्न बाध्य भए ।
अन्ततः पैंतीसौंपटकको भगिरथ प्रयास र अपार
धैर्यपछि पुस्तक निस्कियो र रातारात यसले
विश्व बजार ओगट्यो । अतः असम्भव केही पनि
हुँदैन । मात्र प्रयासको कमीले ' असम्भव' जन्मिने
हो ।

Sutra_सफलता को सुत्र_21

प्रत्येक लाइन सान्दर्भिक छ !!!!!!

" जुन घाउबाट रगत निस्कदैन सम्झिनुस कि चोट कोहि आफ्नाले नै दिएको छ "
" दुनियाँको हरेक चिज ठोकर लाग्दा टुट्ने गर्दछ
एक सफलता नै यस्तो हो जुन ठोकर खाएबिना मिल्दैन "
" धेरै रोएको थिए म
जब भयो मेरो जन्म ,
र हाँसिरहेको थियो यो दुनियाँ
बदला लिनेछु एकदिन
मृत्युको समयमा
हाँसी हाँसी म जानेछु
र रुनेछन यो दुनियाँ "
" जब जीवन खतम भयो
तब जिउनुको ढङ्ग आयो ,
जब गाडी निस्किसकेको थियो
तब यात्री घरबाट बाहिर आयो "
" यदि केही सिक्नुछ भने आँखामा पढ्नु सिक्नुस जिब्रोबाट त
मान्छेले हजारौ मतलब निकाल्दछ "
" आवाजहरुको शहरमा आखिर के मिल्दछ , आफ्नो - आफ्नो हिस्साको मौनता
लिनुस "
" आफ्नो मूल्य त्यति नै राख्नुस जति मा बिक्न सक्छ , यदि अनमोल हुनुभयो
भने एक्लो हुनुहुनेछ "

Sutra_सफलता को सुत्र_120


" धनी त म पनि थिए ,
तर सम्पत्ती सिर्फ दिलको थियो ,
खर्च पनि धेरै गरे ए साथी ,
तर दुनियाँमा गन्ती सिर्फ नोटको थियो "

जिन्दगी यसरी जिउनुस कि कोहि हाँस्छन भने हाम्रो कारणले हाँसोस ,
हामी माथी होइन ,
र कोहि रोयो भने हाम्रो लागि रोयोस , हाम्रो कारणले होइन "

यदि तपाइको खुट्टामा जुत्ता छैन भने अफसोस नगर्नुस , किनकी
दुनियाँमा यस्तो पनि मान्छे छ जसको खुट्टा नै छैन "

हरेक पललाई धन्यवाद दिनुहोस_119


* सालको मूल्य त्यसलाई सोध्नुस
- जो फेल भएको थियो
* महिनाको मूल्य त्यसलाई सोध्नुस
- जसले पछिल्लो महिनाको तलब नपाएको होस
* हप्ताको मूल्य त्यसलाई सोध्नुस
- जो पुरै हप्ता अस्पतालमा बिताएको थियो
* दिनको मूल्य त्यसलाई सोध्नुस
- जो सारा दिन भोकै बिताएको थियो
* घण्टाको मुल्य त्यसलाई सोध्नुस
- जसले कसैको प्रतीक्षा गरेको थियो
* मिनटको मूल्य त्यसलाई सोध्नुस
- जसको बस या ट्रेन एक मिनट भन्दा पहिले मिस भएको
थियो
* सेकण्डको मुल्य त्यसलाई सोध्नुस
- जो दुर्घटना हुनबाट बचेको थियो
त्यसैले हरेक पललाई धन्यवाद दिनुहोस ।

संसारको वास्तविकतामा को , के हो ?_118

 · 

यो संसारको वास्तविकतामा को , के हो ?

केराको बोक्रा - पृथवीसित मिलाप गर्ने दलाल
सिनेमा - पैसा दिएर कैदी बन्ने स्थान
जेल - बिना पैसाको होस्टेल
सासू - बुहारीको पछाडी छोडीदिएको निशुल्क जासुस
चिन्ता - तौल कम गर्ने सबैभन्दा सस्तो औषधि
मृत्यु - बिना पासपोर्टले पृथवी देखि टाढा जाने छुट
ताला - बिना सेलरीको चौकिदार पाले
भाले - गाउँको अलार्म घडी
झगडा - वकिलको कमाउने धन्धा
चश्मा - जादुगर आँखा
स्वप्न - बिना पैसाको फिल्म
हस्पिटल - रोगिहरुको सङ्ग्राहालय
शमशानघाट - दुनियाँको अन्तिम स्टेसन
ईश्वर - कसैसित कहिल्यै भेटघाट नगर्ने व्यवस्थापक
चियाकफि - कलयुगको अमृत
विद्वान - बुद्धिको ठेकेदार
चोर - रातको इमान्दार व्यापारी
विश्व - एक महान धर्मशाला

गल्ती जिन्दगीको एक पन्ना हो , तर नाता पुरै किताब
हो , आवश्यक पर्दा गल्तिको एक पन्ना च्यात्नु तर एक
पन्नाको लागि पुरै किताब नच्यात्नु ।।।।।

टुप्पी पाल्नुको खास रहस्य के हो ? _117

टुप्पी पाल्नुको खास रहस्य के हो ? किन पहिले पहिले लामो टुप्पी पाल्ने गरिन्थ्यो ? के होला यसको रहस्य ? आउनुहोस् जान्ने प्रयास गर्नुहोस्

वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले
टुप्पी राख्ने चलन छ । हिन्दु धर्म शास्त्रमा टुप्पी
काट्न नहुने र यसको महत्वबारे चर्चा गरिएको छ ।

१ धर्मशास्त्रका अनुसार टुप्पीको सबै भन्दा पहिलो फाइदा स्मरण
शक्तिमा बृद्धी हुनु हो । टुप्पी राख्ने ब्यक्तिको
स्मरण शक्ति उच्च हुने शास्त्रमा उल्लेख छ । टुप्पी विषयमा
चाणक्यले भनेका छन् कि टुप्पी नबाँधीकन कुनै सपथ
समेत लिनु हुँदैन । टुप्पीकले शरीरको मुख्य
सञ्चालन हुने अंगसँग टुप्पीको सम्बन्ध हुने समेत बैज्ञानिक
खोजहरुले देखाएका छन् ।

२ मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ
त्यहाँ पनि टुप्पीको सम्बन्ध हुन्छ । यसैले टुप्पीमा
चोट लागेमा मानिसको छिटो मृत्यु हुन्छ । टुप्पीले मानिसहरुलाई
विभिन्न रोग ब्याधीबाट समेत बँचाउने गरेको बताइन्छ ।

३ टुप्पील गर्मी वा चिसोबाट पनि बचाउँछ ।
शरीरको मुख्यभागलाई चिसो वा गर्मीबाट बचाँएर मानिसलाई
स्वस्थ राख्न समेत टुप्पीको मुख्य भूमिका हुन्छ ।

४ टुप्पी रहेको स्थानमा शरीरका सबै ज्ञानेन्द्रिय
अर्थात कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले
हात, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ । तसर्थ शिखा अर्थात
टुप्पी पाल्दा शारीरिक र मानसिक नियन्त्रण पनि सम्भव
छ ।

५. मस्तिष्क जति सामर्थ्यबान हुन्छ अन्य अंगको शक्ति पनि त्यति नै बढ्छ
। त्यसैले टुप्पीको बैज्ञानिक फाइदा समेत धेरै रहेको छ ।


बिना मित्रको हामी जिन्दगि जिउन सक्दैन थियौ_116

· 

एकपलको लागि सोच्नुस त यदि " साथी " हुदैन थियो भने हामिले
निम्न कामहरु गर्न सक्थ्यौ ?

- नर्सरी मा हराएको पानीको बोतलको ढक्कन
कसरी खोज्थ्यौ

- LKG मा A b c d लेखेर होशियारी कसलाई देखाथ्यौ

- UKG मा आएर हामी कसको पेन्सिल लुकाउथ्यौ

- पहिलो मा बटन बाला पेन्सिल हामी कसलाई देखाथ्यौ

- दोस्रोमा लड्दा खेरी कसको हात सामनेमा पाउथ्यौ

- तेस्रोमा Absent हुदा कपि कसको लियाथ्यौ

चौथोमा - अरुमाथी झगडिदा डाँट कसको खान्थ्यौ

- पाँचौमा फेरि आफ्नो लन्च कसलाई चखाउथ्यौ
- छैठौमा टीचरको कुटाइ हामी कसलाइ गिज्याउथ्यौ

- सातौमा खेलमा कसलाई हराथ्यौ , कोसित हार थियौ

- आठौमा बेस्ट फ्रेन्ड भनेर कोसित भेट्घाट गराथ्यौ

- नवौमा विजगणित को सवाल कोसित हल गराथ्यौ

- दशौमा बायोलोजिको स्क्रेच कोसित बनाउथ्यौ

- एघारौमा " हुने वाली " बारेमा कोसित कुराकानी गर्थ्यौ
- बाह्रौमा बाहिर जादा आँसु कसको कन्धामा बहाउथ्यौ

- मोबाइल नं. लिएर " उसको कतिवटा " भाइ छ कसरी जान्थ्यौ
- आमा बाबा , दिदी दाजुको कमि कसरी सहन सक्थ्यौ

- हरेक दिन कपि या पेन भुलेर कलेज कसरी जान्थ्यौ

- " अरे भन्न छिटो " परीक्षामा यो आवाज कसलाई सुनाथ्यौ

- जन्मदिन मा केक के हामी आफ्नै मुहारमा लगाउथ्यौ

- कलेज छोडेर पिक्चर हेर्न हामी कसको साथ जान्थ्यौ

- " उनको " घरको चक्कर हामी कसको साथ लगाउथ्यौ

- डिग्री मिलेको खुशी हामी कसको साथ
बाट्थ्यौ

- बहिनिको डोलि हामी कसको कन्धाको साथमा उठाथ्यौ

- यस्तो नगन्य याद हामी कसरी जोड्न सक्थ्यौ , बिना
मित्रको हामी सास लिन्थ्यौ तर जिन्दगि जिउन सक्दैन थियौ ,

सबै मित्रहरुलाई समर्पित .......

आफ्नो सपना _115


पढ्ने प्रयास गर्नुहोला

एउटा सानो बच्चा एकदमै गरीब झुपडीमा बस्थ्यो । एकदिन
स्कुलमा टिचरले उसलाई लेख बनाउनको लागि भन्यो र त्यो
लेखको टाइटल थियो " मेरो सपना "
बच्चा झुपडिमा बसेर बाबजुद पनि उनले यस्तो सपना लेख्यो " म
पचास वटा घोडा किन्ने छु अरब देशबाट , दस करोडको महल
बनाउछु त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि
अलग स्वीमिङ्ग पुन हुनेछ । सात वटा विभागमा
फ्याक्ट्री खोल्छु र यस्तै गरेर उनले सात आठ वटा सपनाको
बारेमा लेख लेख्यो र टिचर भएको ठाउँमा गयो ।
टिचरले लेख देख्यो र भन्यो " छोरा लेख त एकदमै राम्रो छ तर
जुन माहोलमा , परिवारमा तिमी बस्छौ त्यो माहोलको
हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम
गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख " कि म एक
सानो तिनो एउटा फ्लाट बनाउछु , एक टि भी लिनेछु जसमा
एन्टिना घुमाइदै रहु , एउटा सानो पोखरी बनाउछु , यस्तै
यस्तै पाँच दश वटा सपना बनाइहाल ।
तर बच्चाको हिम्मत हेर्नुस ऊ आफ्नो घर गयो र त्यसको आमा जो
भाडा माझ्ने काम गर्छिन जो अर्काको घर घरमा गएर
लुगा धुने काम गर्छिन उनलाई भनिन " आमा मैले एउटा
लेख बनाएको थिए , जसमा पचास वटा घोडा , दश करोडको
महल , त्यसमा स्वीमिङ्ग पुल अलग्गै , मेरो स्वीमिङ्ग
पुल अलग्गै , घोडाको अलग्गै । एउटा बम प्रुफ कार
चाहिन्छ तर टिचरले भन्नुभयो यो सपना बदलिदेउ र यो बनाउ
। यो मेरो दिलले स्वीकार गरेन तपाइको के सल्लाह छ ?
तपाइको के विचार छ ?
अनपढ आमा , कपडा धुन्छिन , भाडाकुडा साफ गर्छिन ,
उसको आमाले भनिन " छोरा यदि तलाई आफ्नो सपनामा विश्वास
छ भने यो लेख कहिल्यै नबदल्नु । चाहे तलाई त्यो टिचरले
मार्क्स दिओस न दिओस । त आफ्नो सपनालाई कहिल्यै नबदल्नु

तर आमा मैले आफ्नो लेख बदलिन भने टिचरले मार्क्स
दिनुहुन्न । अनि आमाले भनिन " तिम्रो टिचरलाई गएर
भनिदेउ कि उ आफ्नो मार्क्स आफ्नो ठाउमा राखोस र मेरो
आफ्नो सपना म आफ्नो ठाउमा राख्छु । अर्को दिन बच्चा
स्कुलमा गयो र भन्यो " सर ! आमाले भन्नुभयो म लेख बदल्न
सक्दिन । तर टिचरले भन्यो " म मार्क्स दिन्न " तब त्यो
बच्चाले भन्यो सर ! तपाइको मार्क्स आफ्नो ठाउमा राख्नुस र
मेरो सपना म आफ्नो ठाउमा राख्छु ।
पच्चिस वर्षपछी त्यस बच्चाले अरब बाट पचास वटा घोडा
किन्यो , दश करोडको महल बनायो , स्वीमिङ्ग पुल बनायो ,
बम प्रुफ कार किन्यो र सात वटा फ्याक्ट्री पनि खोल्यो
अनि त्यो फ्याक्ट्रीको उदघाटनको लागि फिता काट्न
त्यो बच्चाले त्यही टिचरलाई बोलायो , टिचरलाई यो कुरा थाहा
थिएन कि यो युवक त्यही बच्चा थियो भनेर । जब टिचरले
फिता काट्यो र हातमा माइक्रोफोने दियो अनि भन्यो सर !
तपाईं केहि भनिदिनुस सपनाको बारेमा ।
टिचरले भन्यो " हेर सपना देख्नु एकदम राम्रो कुरा हो ,
हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो
युवकलाई धन्यवाद दिन चाहन्छु । यसले ठूलो सपना देख्यो ।
सबैले ताली बजाए र त्यो युवक( बच्चा ) माइक्रोफोन हातमा
लियो र भन्यो " म आफ्नो परिचय त दि दिउ , म त्यही बच्चा
हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लिएर
आएको थियो र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा
हुन सक्दैन । फेरि तपाइले भन्नुभएको थियो म मार्क्स दिन्न
अनि मैले भनेको थिए कि तपाईं आफ्नो मार्क्स आफ्नो ठाउमा
राख्नुस र म आफ्नो सपना आफ्नो ठाउमा राख्छु ।
म त्यही युवक हु सर ! टिचरको आखामा आँसु आयो र माइक्रोफोन
हातमा लिदै भन्यो " म आज केही भन्न चाहन्छु , मैले यस्तै
हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु ,
उनिहरुको सपनालाई बर्बाद पारेको छु , एउटा मात्र
हजारौ केस छन किनकी मेरो सपना पूरा भएन त्यसैले ।
याद राख्नुहोला जो तपाइको सपना बर्बाद गर्न लागीरहेको
छ त्यो एउटै व्यक्ती हो जो आफ्नो सपना पूरा गर्न सकेन ।


Sutra_सफलता को सुत्र_114

सय वटा राम्रा कुरामा भित्र एकवटा नराम्रा कुरा छिर्यो भने उनान्सय
वटा राम्रा भुलिदिने कि नकारात्मक कुराभित्र पनि सकारात्मक सोचेर
अगाडि बढ्ने ?
मान्छेको जिवनको सबभन्दा ठूलो कमजोरी...........
99% राम्रो गुण 1% अवगुण = सम्बन्ध सखाप
99% राम्रो ड्युटी 1% गल्ती = दुनिया त्यही गल्तिको पछाडी कुदिरहन्छ
99% प्रंशसा 1% आलोचना = प्रशंसा बिर्सिदिन्छ र 1% आलोचनालाई
निउ पारेर वर्षौको मित्रता सखाप !
99% सहि टाइम 1% खराब टाइम = आत्मविश्वास गुमाउछ र पलायन
हुन्छ
99% प्रतिशत सफलता 1% असफलता = जिन्दगीमा सबैकुरा गुम्यो भन्ने
फिलिङ्ग गर्छ , निरुत्साहित हुन्छ ,

" विशाल हृदय राख्न चाहने मान्छेले अरुको आलोचनालाई खप्ने ताकत
राख्नुपर्दछ "

Sutra_सफलता को सुत्र_113

" हरेक दिन बिहान तपाईसित दुईवटा विकल्प छ ,
सपनाको साथ आफ्नो निद्रा जारी राख्नुस
या
जाग्नुस र पछ्याउनुस आफ्नो सपनालाई "

प्रत्येक लाइन गहिराइले पढ्नुस_112

प्रत्येक लाइन गहिराइले पढ्नुस ।

गरीब टाढासम्म जान्छ......... खाना खानको लागि
धनी माइल सम्म हिडछ........ खाना पचाउनको लागि
कसैसित खानको लागि....... एक छाँकको रोटि छैन
कसैलाई रोटि फ्याक्नको लागि ....... भ्याइ न भ्याइ छ
कोहि लाचार छ ....... त्यसैले बिमार छ
कोहि बिमार छ ...... त्यसैले लाचार छ
कोहि आफन्तको लागि ....... रोटि छोडिदिन्छ
कोहि रोटिको लागि ........ आफन्त छोडिदिन्छ
पहिले सानो चोट लाग्दा रुन्थ्यौ ........ आज दिल टुट्दा
सम्हाल्न सिकेका छौ
पहिले हामी मित्रको साथमा हुन्थ्यौ ........ अहिले मात्र
मित्रहरुको याद साथमा रहन्छ
पहिले लड्नु मिल्नु दैनिकी जस्तो हुन्थ्यो ...... आज एकपटक
लड्दा सम्बन्ध नै सखाप हुन्छ
साच्चै जिन्दगीले धेरैकुरा सिकाएको छ । थाहा छैन कहिले
हामिलाई यत्रो ठूलो बनायो ।
जिन्दगी एकदमै थोरै छ त्यसैले प्रेमपुर्ण भएर जिउनुस
हरेक दिन मात्र यति काम गर्नुस ।

दुखलाई " Delete "

खुशिलाई " Save "

सम्बन्धलाई " Recharge "

मित्रतालाई " Download "

दुश्मनीलाई " Erase "

सत्यलाई " Broadcast "

झुठलाई " Switch Off "

टेन्सनलाई " Not Reachable "

प्रेमलाई " Incoming "

घृणालाई " Outgoing "

हाँसोलाई " Inbox "

आँशुलाई " Outbox "

रिसलाई " Hold "

मुस्कानलाई " Send "

हेल्पलाई " Ok "

दिललाई गर्नुस " Vibrate "

अनि हेर्नुस जिन्दगीको रिङ्ग्टोन कति सुन्दर रुपले
बज्छ ।

Sutra_सफलता को सुत्र_111

जति तिमिले तिमी आफैलाई बुझेका हुन्छौ ,त्यति
अरुले कदापि बुझेको हुदैन । न त बुझ्न नै सक्छ । तिम्रो
चाहना ,भावना ,सपना का कुरा ,समस्याको
बारेमा । so ,do not care what other say and think
about you .listen more your inner voice what is saying
,what you love to do ,do it .its your life ,love your life .

पैसा र प्रतिष्ठा _110

" पैसा र प्रतिष्ठा सबैकुरा होइन । मनको शान्ती र तनको
सुखबिना तपाई जति नै कमाउनुस त्यो सब बेकार जान्छ ।
तपाइले कति कमाउनु त्यो महत्वपुर्ण होइन तपाई कति
खुशी हुनुहुन्छ त्यो महत्वपुर्ण हो । आज दुनियाँभरका मान्छेहरु
असाधारण खुशी प्राप्त गर्ने अभिलाषामा वास्तविक
सुखशान्ति गुमाइरहेका छन । दिनको शुरुवातमा
हामीलाई लाग्छ पैसा एकदमै आवश्यक कुरा हो तर दिन
ढलीसकेपछी थाहा हुन्छ जिन्दगीमा पैसा होइन शान्ती
आवश्यक कुरा हो । 

न्युटन ´ जिउँदो हुन्थ्यो भने_109

" यदि आज ` न्युटन ´ जिउँदो हुन्थ्यो भने म उसलाई एउटा
सवाल अवश्य सोध्थे ,
कि ...
के Gravity यति बढिसकेको छ जो मान्छे यति तल गिर्दै
गइरहेको छ "

"GREAT ATTITUDE"

"GREAT ATTITUDE"
Once a bird asked a Bee, after a
continuous hard-work, you prepare the
honey.
But a man steals the honey. Do you not
feel sad?


Then the Bee replied: Never… Because a
man can only steal my honey not the art
of making honey..!!

Saturday, June 27, 2015

विचार सधै उच्च राख्नुस_107

तपाइको कपडा झुत्रो भएपनि - विचार सधै उच्च राख्नुस 
तपाइको घर झुप्रो भएपनि - विचार सधै फराकिलो राख्नुस 
तपाइ गरीब भएपनी - विचार सधै साकारात्मक राख्नुस 
सफलता आफै तपाईंतिर आकर्षित हुँदै आउँछ ।

जसले विचार बदल्दैन ....... उनिहरुले जिवनमा केही गर्दैनन ।।।

सफलता को सुत्र_106

" जुन दिन तपाई अरुको दिदिबहिनिको इज्जत को लागि लड्नुहुन्छ , बस त्यही दिन देखि तपाइको दिदिबहिनी पनि आफै सुरक्षित हुन्छ "

सच्चा मित्र नातेदारभन्दा महत्वपुर्ण_106

एउटा शहरमा दुईजना मिल्ने मित्र बस्थे । एउटा मित्रले मोबाइल खरीद गर्यो ।

पहिलो : हेर्नुस मित्र जि मैले नयाँ मोबाइल खरीद गरे ।

दोस्रो : वाह क्या खुशिको कुरा ! त्यसोभए आज तिमिले पार्टी दिनुपर्छ । यदि तिमिले पार्टी दियौ भने म तिमिलाई एउटा Gift दिन्छु ।

पहिलो : Ok ठिकै छ त्यसोभए आज राती होटेलमा मेरो तर्फबाट पार्टी । ( राती दुवैजना होटेलमा भेट्छन )

दोस्रो : अरे यार : तिमीसित धेरै पैसा थिएन । गरीब छौ । एक एक रुपैयाँ जम्मा गएर मोबाइल किन्यौ फेरि पार्टिको तयारी कसरी गर्यौ ?

पहिलो : पार्टिको लागि मैले मोबाइल बेचिदिए । तिम्रो लागि त ज्यान पनि दिन सक्छु यदि तिमी भन्छौ भने ।

दोस्रो : मलाई थाहा थियो कि तिमिके यस्तै कुनै काम गर्छौ त्यसैले तिमिले जुन पसलमा मोबाइल बेच्यौ मैले त्यही बाट फेरि किनेर ल्याएको छु । यो लेउ मेरो तर्फबाट यो Gift .

कथाको सन्देश - जिन्दगीमा मित्रता होइन बल्की मित्रतामा जिन्दगी हुनुपर्छ । एउटा सच्चा मित्र हजारौ नातेदारभन्दा महत्वपुर्ण हुन्छ ।

दुनियाँ मात्र बदमास होइन_105

दुनियाँमा तपाईलाई जोगाउने मान्छे तपाईं मात्रै हो संसारमा नत्र त सबै मान्छेले तपाईलाई चिकेन फ्राई गरेर खाने हो , तपाईलाई बेच्ने हो मान्छेले तपाईलाई लुट्ने हो मान्छेले ,तपाईलाई बर्बाद पारेर धनी हुने हो उनिहरु , दुनियाँका सारा मान्छे तपाइको उपयोगिता गर्छन , तपाईलाई Use गर्ने हो सबैले । यो दुनियाँमा तपाईको कोहि पनि साथी छैन , यो सबैले तपाइले काम गरुन्जेल सम्म मात्र काम गरिदिने हो । त्यसकारण यो दुनियाँका सारा मान्छे जो सबभन्दा नजिक छन , त्यो पनि तपाईले केही दिएसम्म नै उनिहरुले पनि केही दिने हो। यो ठूलो कुरा फेरि होइन किनकी हामी पनि दुनियाँलाई त्यही व्यवहार गर्छौ । दुनियाँ मात्र बदमास भनेको होइन ।

दार्शनिक भनाइहरु_104

" एउटि महिलाले आफ्नो छोरालाई जन्म दिन आफ्नो सुन्दरता त्यागिदिन्छिन तर त्यही छोराले एउटि सुन्दर श्रीमतिको लागि आफ्नो आमालाई त्यागिदिन्छ "

" गुण नहुने हो भने रुप व्यर्थ हो "

" विनम्रता नहुने हो भने विधा व्यर्थ हो "

" उपयोगमा नआउने हो भने धन व्यर्थ हो "

" साहस नहुने हो भने हतियार व्यर्थ हो "

" होश नहुने हो भने जोश व्यर्थ हो "

" भोक नहुने हो भने भोजन व्यर्थ हो "

" परोपकार नगर्नेहरुको जीवन व्यर्थ हो "

" रिसले दिमागलाई खाइदिन्छ "

" अहंकारले मनलाई रुग्ण बनाइदिन्छ "

" चिन्ताले आयुलाई खाइदिन्छ "

" भ्रष्टचारले मान्छेलाई पतन बनाइदिन्छ "

" लोभले इमान्दारीलाई खाइदिन्छ "

" दान गर्दा दरीद्रता अन्त्य हुन्छ


के लिकंन राष्ट्रपती हुन सक्थ्यो ?_103

म तपाइहरुलाई एउटा मानिसको ईतिहास बताउछु । जो मानिस ?

२१ वर्षको उमेरमा व्यापारमा असफल भयो ।

२२ वर्षमा कार्यकारीको दौडमा हार्यो ।

२४ वर्षमा फेरि व्यापारमा घाटा खायो ।

२६ वर्षमा आफ्नी प्रेमिकाको मृत्युबाट नर्भस डाउन भयो ।

२७ वर्षमा डिप्रेसनको शिकार भयो ।

३४ वर्षमा काङ्ग्रेसको चुनाब हार्यो ।

३६ वर्षमा पनि हार्यो ।

४५ वर्षमा सिनेटको दौड पनि हार्यो ।

४७ वर्षमा उपसभापतिको दौड पनि हार्यो ।

४९ वर्षमा फेरि सिनेटको दौडमा हार्यो ।

५२ वर्षमा अमेरिकाको राष्ट्रपती भयो ।

त्यो मान्छेको नाम थियो - अब्राहम लिकंन । के लिकंन राष्ट्रपती हुन सक्थ्यो ? यदि उसले माथिका सबै घट्नालाई असफलता र समस्याको रुप लिएको भए । निश्चय पनि सक्दैनथ्यो "

यस्ता केही शब्द र फ्रेज हुन्छन ?_102

यस्ता केही शब्द र फ्रेज हुन्छन जसले अवरोध र समस्या पैदा गर्छन । महान नेता संवादकर्ताहरुले यो कुराको ज्ञान पाएका हुन्छन र त्यस्ता शब्दको छनौटमा ख्याल गर्छन । जस्तै एउटा शब्द हेरौ । " तर " ...... जानेर वा नजानेर सबैभन्दा धेरै प्रयोग हुने शब्द हो " तर " । यदि कसैले भन्छ " हुन त यो सत्य नै हो तर ....... ? " मान्छे चाहिँ एकदमै ट्यालेन्ट हो " तर .... के भन्न खोजिएको छ ? उसले भनिरहेको छ कि यो सत्य होइन ।झुठो प्रशंसा गरिरहेको छ यो असान्दर्भिक कुरा हो ।" तर " भन्ने शब्दले शुरुमै नकारात्मक भाव पैदा गरीसकेको छ । तपाईलाई कसैले भन्यो " उनिहरु तिम्रो कुरामा सहमत त छन तर ...... ? ल ! यो के हो फेरी तर ... यो तर ले कुरा बिगार्छ । मित्रहरु यस्तो क्रीटिसिजमबाट बच्नुहोस ।

हाम्रो प्रोब्लम के हो थाहा छ ?_101

हाम्रो प्रोब्लम के हो थाहा छ ? सुन्नुस म बताउछु । हामी धनी बन्ने सपना देख्दैनौ । गरिबी कसरी कम हुन्छ यसको सपना देख्छौ । तपाइले देख्नुभएको होला टि. भि .पनि जब हाम्रो नेताले भाषण दिन्छ तब के भन्दछ ? " नेपालको गरिबी कसरी कम हुन्छ ? " 
नेपालमा धनी कसरी हुन्छ यसमाथी सवाल उठ्दैन ।

याद राख्नुहोला जुन शब्दलाई तपाई पटक पटक दोहोर्याउनु हुन्छ त्यही तपाइको किस्मत बनिदिन्छ । गरीबिलाई पटक पटक दोहोर्याउनुस गरीबी तपाइको किस्मत बनिदिन्छ । 


असफलतालाई तपाई बारम्बार दोहोर्याउनुस असफलता तपाइको किस्मत बनिदिन्छ ।


सबैभन्दा ठुलो दश कुरा_100

सबैभन्दा ठुलो दश कुरा

1. सबैभन्दा सर्वोत्तम दिन - आज 
2. सबैभन्दा उपयुक्त समय - अहिले 
3. सबैभन्दा आवश्यकता - सामान्य ज्ञान 
4. सबैभन्दा महत्वपुर्ण मित्र - आफ्नो हात 
5. सबैभन्दा ठुलो पाप - बेइमानी र धोका 
6. सबैभन्दा ठुलो भुल - समयको बर्बाद 
7. सबैभन्दा ठूलो बाधा - अधिक बोल्नु 
8. सबैभन्दा खराब भावना - ईर्ष्या 
9. सबैभन्दा ठूलो दरिद्रता - उत्साहहिन 
10 सबैभन्दा ठूलो भाग्यशाली - कार्यस्त - कर्मठ

सफलता को सुत्र_99

" छोटो कपडाको कारणले कहिल्यै पनि बलत्कार हुदैन , हरेक पटक हुन्छ भने छोटो सोचको कारणले "

सफलता को सुत्र_98

लाख रुपैयाको कुरा :- ढोका ठूलो बनाएको छु मैले पनि मेरो घरको , किनकी केही साथिहरुको कद ठूलो भएको छ चार पैसा कमाएर "

सफलता को सुत्र_97

" हमेशा सानो सानो गल्तिबाट बच्ने कोशीस गर्नुस किनकी मान्छे पहाडले होइन सानो ढुङ्गाले ठक्कर खान्छ "

सफलता को सुत्र_95

" केटिहरु जब रुन्छिन तब त्यसको धेरै कारण हुन्छ तर जब केटाहरु रुन्छन त्यसको एउटै कारण हुन्छ " केटि "

सफलता को सुत्र_94

" यहाँ हर कोहिको भित्ताबाट चिहाउने बानी छ , ढोका खोलिदिनुस कोहि सोध्न पनि आउदैन "

" गहिरो दर्द लुकेको हुन्छ उनीहरुको दिलमा अक्सर ... जो अनायासै हर कुरामा मुस्कुराइदिन्छ "

" कुरा दिनको होइन अब रातबाट डर लाग्छ , 
घर हो कच्चा मेरो बर्षातबाट डर लाग्छ " किसान

" मेटिन्छ त्यो अरुलाई मेटाउनेहरु 
लाश कहाँ रुन्छ , रुन्छन जलाउनेहरु "

" सावित हुदैन प्रेम एक अर्कालाई मिलेर ... तर सब निर्भर गर्छ छुट्ने समयमा फर्किएर हेर्दा "

" सानो मान्छे ठुलो मौकामा काम आउँछ र ठूलो मान्छे सानो कुरामा आफ्नो औकात देखाएर जान्छ "

I like you र I love you यी दुवैमा के फरक_93

I like you र 
I love you यी दुवैमा के फरक छ ?

यसको सबैभन्दा सुन्दर जवाफ गौतम बुद्धले दिएका छन ,

यदि तिमी एक फुललाई Like गर्छौ भने तिमी त्यसलाई चुडेर राख्न चाहन्छौ , 
तर यदि तिमी त्यो फुललाई Love गर्छौ भने नचुडिकन त्यो फुललाई हरेक दिन पानी हाल्छौ र सेचन गर्छौ ताकी ओइलिन नपाओस ।

जसले यो रहस्यलाई बुझ्यो उसले पुरै जिन्दगीलाइ बुझ्यो ।

युवा दार्शनिक डा. योगि विकाशानन्दका भनाइहरु_92

नेपालका युवा दार्शनिक डा. योगि विकाशानन्दका युगान्तकारी भनाइहरु :

" यदि दुख हामी भित्र छ भने सुख पनि हामी भित्रै छ फरक यती मात्र हो कोहि दुखबाट कायर बनी भाग्न खोज्छन कोहि दुखलाई सदुपयोग गर्छन "

" यदि तपाइलाई महान सफल बन्नुछ भने पहिला महान असफल बन्नुपर्छ "

" यदि तपाइलाई राम्रो बोल्नुछ भने राम्रो सुन्नुपर्छ "

" हामी आफू उल्टो बुझेर दुनियाँलाई उल्टो उल्टो काम गरेको देख्छौ "

" राम्रो मान्छेको अर्थ किन हुन्छ त दुनियाँमा भने नराम्रो मान्छे पनि भएकोले "

" हरेक हण्डर र दुखहरु सफलताको एक एक खुड्किला हो "

" सफलताको दुई वटा रहस्य छ एउटा या त महान मान्छेले गरे जस्तो गर या सामान्य मान्छेले गरेजस्तो नगर "

" गरिब हुनु दुखको कुरा होइन गरीब मान्छे त एकदिन अवस्य पैसा कमाउछ तर दरिद्र मानसिकता भएको मान्छे कहिल्यै धनी हुन सक्दैन "

" प्रेमको लागि भाव चाहिन्छ शब्द होइन "

" मानिसको चुनौती नै दर्द मुक्त समाजको स्थापना हो "

" विशाल हृदय राख्न चाहनेले अर्काको आलोचना सहनुपर्छ "

मन परे सक्दो शेयर गरौ ।

सफलता को सुत्_91

" प्रत्येक दिन एक " अपेक्षा " को साथ शुरु हुन्छ र " अनुभव " को साथ खत्तम हुन्छ "



" सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ "

दुई किसिमको मान्छेबाट होशियार_90

दुई किसिमको मान्छेबाट होशियार रहनुस

1. एक त्यो जो तपाईमा त्यस्तो ` कमी ´ बताउछ जुन तपाईमा छैन 
2. दोस्रो त्यो जुन तपाईलाई त्यस्तो ` खुबी ´ भनिरहन्छ जुन तपाईमा छैन

सफलता को सुत्र_89

ईश्वर त देखिदै देखिदैन विश्वास कसरी गरु ?

एकदमै सटिक जवाफ मिल्यो ......

श्रद्धा वाई फाई को जस्तो हुन्छ 
देखिन त देखिदैन तर सहि पास्वर्ड 
हाल्यौ भने कनेक्ट भइदिन्छ "

सफलता को सुत्र_89

" सफलता र खुशी सँगसँगै हिड्दछन तपाइले चाहेको पाउनु सफलता हो र जे तपाइले पाउनुभएको छ त्यो चाहनु खुशी हो "

" जिउनु मात्र सफलता होइन यो यसभन्दा पनि धेरै चिज हो ।

जीवन गुजार्ने मात्र काम नगरौ - बाँचौ 
छुने मात्र होइन - महशुस गरौ 
हेर्ने मात्र होइन - अन्वेषण गरौ 
पढ्ने मात्र होइन - जिवनमा उतारौ 
बोल्ने मात्र होइन - ध्यान दिएर सुनौ 
ध्यान दिएर सुन्ने मात्र होइन - बुझौ

_सफलता को सुत्र_88

" छोड न यार ! के राखिएको छ सुन्न र सुनाउनुमा ...... कसैले बाकी राखेन दिन दुखाउनमा "

एक मुर्दाले क्या भनेका छन " यो मान्छेहरु मेरो लाशमाथी रुन्छन ... अहिले उठे भने बाँच्न दिदैनन "

" कदर गर्नुछ भने बाँचुन्जेल गर , अर्थी उठ्ने समय मा त दुश्मन पनि रुन थाल्दछ "

" जिउदो मान्छेलाई नै मदत को आवश्यकता पर्छ , लाशले कहिल्यै कफनको लागि गुहार गर्दैन "

" दौड्छु भने गिराउने कोशिस गर्छन 
हाँस्छु भने रुवाउने कोशिस गर्छन , 
तिमी चाहे जति नै दुख देउ ए ! जिन्दगी 
पुरुश्वार्थी मान्छे मुस्कुराएर जिउने गर्छन "

_सफलता को सुत्र_86

" छोड न यार ! के राखिएको छ सुन्न र सुनाउनुमा ...... कसैले बाकी राखेन दिन दुखाउनमा "

एक मुर्दाले क्या भनेका छन " यो मान्छेहरु मेरो लाशमाथी रुन्छन ... अहिले उठे भने बाँच्न दिदैनन "

" कदर गर्नुछ भने बाँचुन्जेल गर , अर्थी उठ्ने समय मा त दुश्मन पनि रुन थाल्दछ "

" जिउदो मान्छेलाई नै मदत को आवश्यकता पर्छ , लाशले कहिल्यै कफनको लागि गुहार गर्दैन "

" दौड्छु भने गिराउने कोशिस गर्छन 
हाँस्छु भने रुवाउने कोशिस गर्छन , 
तिमी चाहे जति नै दुख देउ ए ! जिन्दगी 
पुरुश्वार्थी मान्छे मुस्कुराएर जिउने गर्छन "

सफलता को सुत्र_85

" सफल हुनको लागि एक्लै अगाडि बढ्नुपर्दछ , मान्छे त पछाडी तब आउँछ जब हामी सफल हुन थाल्छौ "

Thursday, June 25, 2015

सफलता को सुत्र _84




" दुनियाँमा दुई वटा चिज मात्र यस्तो छ जसमा कसैको केही जादैन , एउटा मुस्कान र अर्को आशिर्वाद "


कति सत्य छ ?_84

कति सत्य छ होइन ?
भक्ती जब भोजनमा प्रवेश गर्छ
भोजन " प्रसाद " बनिदिन्छ ,
भक्ती जब भुखमा प्रवेश गर्छ
भुख " व्रत " बनिदिन्छ ,
भक्ती जब पानीमा प्रवेश गर्छ
पानी " चरणामृत " बनिदिन्छ ,
भक्ती जब यात्रा मा प्रवेश गर्छ
यात्रा " तिर्थाटन " बनिदिन्छ ,
भक्ती जब संगीतमा प्रवेश गर्छ
संगीत " किर्तन " बनिदिन्छ ,
भक्ती जब घरमा प्रवेश गर्छ
घर " मन्दिर " बनिदिन्छ ,
भक्ती जब कार्यमा प्रवेश गर्छ
कार्य " कर्म " बनिदिन्छ ,
भक्ती जब क्रीयामा प्रवेश गर्छ
क्रीया " सेवा " बनिदिन्छ ,
भक्ती जब व्यक्तिमा प्रवेश गर्छ
व्यक्ती " मानव " बनिदिन्छ ।।।।।।

सफलता को सुत्र _83

" तिम्रो डिब्बामा दुई रोटि कहि बिक्दैन
आमा महंगो होटलमा आज पनि भोक मेटिदैन "
" गुलाम बनेर जिउछौ भने कुकुर सम्झेर लात हान्नेछ यो दुनियाँ ,
नबाब बनेर जिउछौ भने सलाम ठोक्नेछ यो दुनियाँ "
" मान्छेले भन्छन कि म मुस्कुराउछु धेरै ....... तर के थाहा ? म थाकिसके दर्द लुकाउदै लुकाउदै "

सफलता को सुत्र _82

अक्सर मान्छे भन्छन कि " जिउँदो रहे भने फेरि मिल्नेछु , तर एउटा सच्चा मित्र ले क्या सुन्दर भनेका छन " मिल्दै रहन्छौ भने जिउँदो अवस्य रहन्छौ "




सफलता को सुत्र _81

" पहिले मान्छे आमा बुवाको खुट्टा ढोगेर निस्किन्थ्यो र अब मान्छे मोबाइल को ब्याटरी फुल गरेर निस्कन्छन , कस्तो जमाना आयो ! "

राजनिती सम्बन्धी भनाइहरु_80

राजनिती सम्बन्धी दश कालजयी भनाइहरु :
1. " राजनेता तपाइलाई चुनाव भन्दा अगाडि स्वर्गको बाचा गर्छ र पछि नर्क दिन्छ "
2. " राजनिती प्राय सबै ठाउमा एउटै हो तिनिहरु त्यहाँ पुल बनाउने कुरा गर्छन जहाँ नदी नै हुदैन "
3. " राजनितिलाई नैतिकता सित कुनै सम्बन्ध छैन "
4. " एउटा भोको व्यक्ती राम्रो सल्लाहकार हुन सक्दैन "
5. " राजनिती रुपैयाँ पैसाहरुको दुरुपयोग गर्ने खेल हो "
6. " राजनैतिक शुद्धता शिष्टाचारको साथमा अत्याचार हो "
7. " बिना पहलको नेता एक मात्र एक श्रमिक हो जो नेता बनेर बसेको छ "
8. " यदि अन्धोले अन्धालाई नेतृत्व गर्छ भने दुवैजना खाल्डोमा खस्नेछन "
9. " राजनैतिक सत्ताको स्वाद महभन्दा गुलियो हुन्छ "
10. " एक सच्चा राजनितिको जन्म बन्दुकको नालबाट होइन कलमको धारबाट हुन्छ "

सफलता को सुत्र _79

एक बुद्धिमान दार्शनिक व्यक्तिसित जब मैले सोधे कि उसले कसरी आफ्नो समस्या र मुश्किलहरुलाई जित्दछ तब उसले मलाई बतायो " म मुश्किलहरुलाई कसरी पार गर्दछु ? पहिले त म यसलाई चक्कर लगाएर पार गर्ने कोशिस गर्दछु र यदि म यसो गर्न सक्दिन भने यसको तल घुसेर बाहिर निस्कने कोशीस गर्छु र यसको माथिबाट पनि निस्कन सकिन भने म यससित संघर्ष गर्दै यसलाई चक्नाचुर पार्दै सिधै पार गर्दछु ।

सफलता Vs बहाना_78

सफलता Vs बहाना
1. मलाइ उचित शिक्षा पाउने अबसर मिलेन
- उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन ।
2. म धेरै पटक हारीसके अब हिम्मत छैन
- अब्राहम लिंकन पध्र पटकको हार पछी राष्ट्रपती बनेका थिए ।
3. म अत्यन्त गरीब घरबाट छु
- पुर्व राष्ट्रपती अब्दुल कलाम पनि गरीब घरबाट थिए ।
4. सानो देखि अस्वस्थ थिए
- ओस्कार विजेता मर्लिन मेटलिन पनि सानैदेखी बहिरी र अस्वस्थ थिइन ।
5. मैले साइकलमा चढेर आधा जिन्दगी निकालेको छु
- निरमा कम्पनिको करसन भाइ पटेल पनि साइकलमा निरमा बेचेर आधा जिन्दगी बिताए ।
6. एउटा दुर्घटनामा लङ्गडो भएको कारणले मेरो हिम्मत गुम्यो
- प्रख्यात नृत्यांगना सुधा चन्द्रनको खुट्टा नक्कली छ ।
7. मलाई सानैदेखी नै मन्दवुद्धिको भन्ने गर्छन
- थोमस एल्बा एडिसनलाई पनि सानोमा मन्दबुद्धिको भन्ने गर्थ्यो ।
8. सानैमा नै मेरो बुवाको निधन भएको थियो
- प्रख्यात संगीतकार ए आर रहमानको बुवाको पनि निधन सानैमा भएको थियो ।
9. मलाई सानैदेखी नै परिवारको जिम्मेवारी उठाउनुपर्यो
- लता मंगेस्करलाई पनि सानैमा परिवारको जिम्मेवारी उठाउनु परेको थियो ।
10. म एक सानोतिनो नोकरी गर्छु
- यसले के फरक पर्छ : धिरुभाई अम्बानिले पनि पेट्रोल भर्ने सानोतिनो काम गरेको थियो ।
11. मेरो कम्पनी घाटा गइरहेको छ अब मलाई भरोसा कसले गर्छ
- दुनियाँको सबैभन्दा ठूलो चिसो पेय निर्माता पेप्सि कोला पनि दुईपटक घाटामा गइसकेको छ ।
12. मेरो दुई पटक नर्भस ब्रेक डाउन भइसकेको छ अब म के नै गर्न सक्छु
- डिज्निल्याण्ड बनाउनुभन्दा अगाडि वाल्ट डिज्नी पनि तीन पटक नर्भस ब्रेक डाउन भएका थिए ।
13. मेरो उमेर धेरै भयो म बुढा भइसके
- विश्व प्रसिद्ध केंटुकि फाइड चिकेनको मालिकले 60 वर्षको उमेरमा रेष्टुरेन्ट खोलेका थिए ।
14. म सित बहुमुल्य आडिया छ तर मान्छेले अस्विकार गरिदिन्छ
- झेरोक्स फोटोकपी मेसिनको आइडियालाई पनि धेरै कम्पनिले अस्विकार गरेका थिए , आज परिणाम सामुन्ने छ ।
15. म सित धन छैन
- इन्फोसिसको पुर्व चेयरमेन नारायण मुर्तीसित पनि धन थिएन , उनलाई आफ्नो श्रीमतिको गहना बेच्नु परेको थियो ।
16. म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन
- वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो ।
आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता या सपना चाहिन्छ कि खोक्रो बहाना ? बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।