Saturday, June 27, 2015

यस्ता केही शब्द र फ्रेज हुन्छन ?_102

यस्ता केही शब्द र फ्रेज हुन्छन जसले अवरोध र समस्या पैदा गर्छन । महान नेता संवादकर्ताहरुले यो कुराको ज्ञान पाएका हुन्छन र त्यस्ता शब्दको छनौटमा ख्याल गर्छन । जस्तै एउटा शब्द हेरौ । " तर " ...... जानेर वा नजानेर सबैभन्दा धेरै प्रयोग हुने शब्द हो " तर " । यदि कसैले भन्छ " हुन त यो सत्य नै हो तर ....... ? " मान्छे चाहिँ एकदमै ट्यालेन्ट हो " तर .... के भन्न खोजिएको छ ? उसले भनिरहेको छ कि यो सत्य होइन ।झुठो प्रशंसा गरिरहेको छ यो असान्दर्भिक कुरा हो ।" तर " भन्ने शब्दले शुरुमै नकारात्मक भाव पैदा गरीसकेको छ । तपाईलाई कसैले भन्यो " उनिहरु तिम्रो कुरामा सहमत त छन तर ...... ? ल ! यो के हो फेरी तर ... यो तर ले कुरा बिगार्छ । मित्रहरु यस्तो क्रीटिसिजमबाट बच्नुहोस ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......