Monday, June 29, 2015

सफलता को सुत्र_124


"तपाइले कति कमाउनुभयो त्यो इम्पोर्टेन्ट होइन , तपाई कति खुशी हुनुहुन्छ यो इम्पोर्टेन्ट हो " 
यस कुरालाई प्रष्ट्याउन तलको लाइन पढौ ।

सन् १९२३ मा दुनियाँका धनी मानिएका आठ व्यक्तीहरु भेला भएका थिए । उनिहरु आठ जनाको सम्पत्ती सङ्कलन गर्दा अमेरिकि सरकारको सम्पत्तिभन्दा धेरै हुनेरहेछ । उनिहरु व्यवस्थित जिवनयापन र सम्पत्तिको व्यवस्थापनमा माहिर थिए । तर पच्चिस वर्षपछि उनिहरु कस्ता भए एकछिन चर्चा गरौ ।

१. अमेरिकाको सबभन्दा ठूलो स्टिल कम्पनिका मालिक चार्ल्स स्वेब पाँच वर्षसम्म पैँचो माग्दै जिवनको अन्तिम घडिमा टाट पल्टेर मरे । 
२. सबभन्दा ठूलो ग्याँस कम्पनिका मालिक होवार्ड हब्सन पागल भए । 
३. ठुला व्यापारी अर्थर क्युटन टाट पल्टेर मरे । 
४. न्युयोर्क स्टक एक्स्चेन्जका प्रेसीडेन्ट रिचार्ड व्हाइट्नी जेल परे । 
५. प्रेसीडेन्ट क्याविनेटका सदस्य अलवर्ट कललाई जेल परे । जिवनको अन्तिम समयमा घरपरिवारसँग बिताउन सकुन भनेर उनलाई जेल मुक्त गरियो । 
६.वालस्ट्रि्टका ठुला शेयर व्यापारी जेस्सी लिभरमोरले आत्महत्या गरे ।
७. विश्वकै एक ठुला एकाधिकार व्यापारी इभार कृयुजरले आत्महत्या गरे ।
८. बैङ्क अफ इन्टरनेसनल सेटलमेन्टका प्रेसीडेन्ट लियोन फ्रासरले आत्महत्या गरे ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......