Sunday, June 28, 2015

आफ्नो सपना _115


पढ्ने प्रयास गर्नुहोला

एउटा सानो बच्चा एकदमै गरीब झुपडीमा बस्थ्यो । एकदिन
स्कुलमा टिचरले उसलाई लेख बनाउनको लागि भन्यो र त्यो
लेखको टाइटल थियो " मेरो सपना "
बच्चा झुपडिमा बसेर बाबजुद पनि उनले यस्तो सपना लेख्यो " म
पचास वटा घोडा किन्ने छु अरब देशबाट , दस करोडको महल
बनाउछु त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि
अलग स्वीमिङ्ग पुन हुनेछ । सात वटा विभागमा
फ्याक्ट्री खोल्छु र यस्तै गरेर उनले सात आठ वटा सपनाको
बारेमा लेख लेख्यो र टिचर भएको ठाउँमा गयो ।
टिचरले लेख देख्यो र भन्यो " छोरा लेख त एकदमै राम्रो छ तर
जुन माहोलमा , परिवारमा तिमी बस्छौ त्यो माहोलको
हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम
गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख " कि म एक
सानो तिनो एउटा फ्लाट बनाउछु , एक टि भी लिनेछु जसमा
एन्टिना घुमाइदै रहु , एउटा सानो पोखरी बनाउछु , यस्तै
यस्तै पाँच दश वटा सपना बनाइहाल ।
तर बच्चाको हिम्मत हेर्नुस ऊ आफ्नो घर गयो र त्यसको आमा जो
भाडा माझ्ने काम गर्छिन जो अर्काको घर घरमा गएर
लुगा धुने काम गर्छिन उनलाई भनिन " आमा मैले एउटा
लेख बनाएको थिए , जसमा पचास वटा घोडा , दश करोडको
महल , त्यसमा स्वीमिङ्ग पुल अलग्गै , मेरो स्वीमिङ्ग
पुल अलग्गै , घोडाको अलग्गै । एउटा बम प्रुफ कार
चाहिन्छ तर टिचरले भन्नुभयो यो सपना बदलिदेउ र यो बनाउ
। यो मेरो दिलले स्वीकार गरेन तपाइको के सल्लाह छ ?
तपाइको के विचार छ ?
अनपढ आमा , कपडा धुन्छिन , भाडाकुडा साफ गर्छिन ,
उसको आमाले भनिन " छोरा यदि तलाई आफ्नो सपनामा विश्वास
छ भने यो लेख कहिल्यै नबदल्नु । चाहे तलाई त्यो टिचरले
मार्क्स दिओस न दिओस । त आफ्नो सपनालाई कहिल्यै नबदल्नु

तर आमा मैले आफ्नो लेख बदलिन भने टिचरले मार्क्स
दिनुहुन्न । अनि आमाले भनिन " तिम्रो टिचरलाई गएर
भनिदेउ कि उ आफ्नो मार्क्स आफ्नो ठाउमा राखोस र मेरो
आफ्नो सपना म आफ्नो ठाउमा राख्छु । अर्को दिन बच्चा
स्कुलमा गयो र भन्यो " सर ! आमाले भन्नुभयो म लेख बदल्न
सक्दिन । तर टिचरले भन्यो " म मार्क्स दिन्न " तब त्यो
बच्चाले भन्यो सर ! तपाइको मार्क्स आफ्नो ठाउमा राख्नुस र
मेरो सपना म आफ्नो ठाउमा राख्छु ।
पच्चिस वर्षपछी त्यस बच्चाले अरब बाट पचास वटा घोडा
किन्यो , दश करोडको महल बनायो , स्वीमिङ्ग पुल बनायो ,
बम प्रुफ कार किन्यो र सात वटा फ्याक्ट्री पनि खोल्यो
अनि त्यो फ्याक्ट्रीको उदघाटनको लागि फिता काट्न
त्यो बच्चाले त्यही टिचरलाई बोलायो , टिचरलाई यो कुरा थाहा
थिएन कि यो युवक त्यही बच्चा थियो भनेर । जब टिचरले
फिता काट्यो र हातमा माइक्रोफोने दियो अनि भन्यो सर !
तपाईं केहि भनिदिनुस सपनाको बारेमा ।
टिचरले भन्यो " हेर सपना देख्नु एकदम राम्रो कुरा हो ,
हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो
युवकलाई धन्यवाद दिन चाहन्छु । यसले ठूलो सपना देख्यो ।
सबैले ताली बजाए र त्यो युवक( बच्चा ) माइक्रोफोन हातमा
लियो र भन्यो " म आफ्नो परिचय त दि दिउ , म त्यही बच्चा
हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लिएर
आएको थियो र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा
हुन सक्दैन । फेरि तपाइले भन्नुभएको थियो म मार्क्स दिन्न
अनि मैले भनेको थिए कि तपाईं आफ्नो मार्क्स आफ्नो ठाउमा
राख्नुस र म आफ्नो सपना आफ्नो ठाउमा राख्छु ।
म त्यही युवक हु सर ! टिचरको आखामा आँसु आयो र माइक्रोफोन
हातमा लिदै भन्यो " म आज केही भन्न चाहन्छु , मैले यस्तै
हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु ,
उनिहरुको सपनालाई बर्बाद पारेको छु , एउटा मात्र
हजारौ केस छन किनकी मेरो सपना पूरा भएन त्यसैले ।
याद राख्नुहोला जो तपाइको सपना बर्बाद गर्न लागीरहेको
छ त्यो एउटै व्यक्ती हो जो आफ्नो सपना पूरा गर्न सकेन ।


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......