Sunday, June 28, 2015

सफलता को सुत्र_122


अर्नेस्ट हेमिङवेको कालजयी कृतिको नाम हो–
'ओल्ड म्यान एन्ड सी ' । यस
कृतिले सन् १९५४ को साहित्यमा दिइने नोबेल
पुरस्कार कुम्ल्याएको छ । त्यस वर्ष हजारौं
साहित्यकारले आफूले पुरस्कार पाउने आशा राखेका

होलान् ।
 
 तर, भाग्यको साथ दियो हेमिङवेलाई ।
बाहिरबाट हेर्दा यो भाग्यको कमाल देखिए पनि
गुदी कुरा यो उनको कर्म अर्थात् परिश्रमकै
परिणाम भन्न सकिन्छ । उनले पुरस्कार थापेको
दुनियाँले देखे तर उनले यसका लागि कति
पसिना चुहाए थोरैले मात्र थाहा पाए । सुनिन्छ– यस
पुस्तकलाई उनले कैयन्पटक पुनःलेखन गरेका
थिए । यहाँसम्म कि यस पुस्तकको अन्तिम
भागलाई उनले दुई सयपटकसम्म लेखन तथा
पुनःलेखन गर्न भ्याएका थिए । कति रे ? दुई सय
पटक, हो दुई– दुई सय पटक । कल्पना गर्नुुस् त ।
एकै पन्नालाई मात्रा पनि दुई सय पटक
सार्नुपर्दा कति समय खर्च होला ? कति धैर्यको
खाँचो पर्ला ? अतः हेमिङवेले नोबेल पुरस्कार
पाउनु यस अर्थमा मुनासिबै देखिन्छ । यसै
सन्दर्भमा थोमस एल्बा एडिसनको कुरा बहुत सटिक
दखिन्छ । मैले गरेको परिश्रम नियालेर हेर्ने हो
भने मैले पाएको परिणामदेखि मान्छेलाई अचम्म
लाग्दैन ।
प्रसंग बदलौं । समसामयिक विश्वमा सबैभन्दा
बढी बिकेको पुस्तकमध्ये एउटा हो– 'चिकन सुप
फर योर सउल ' अर्थात् आत्माका लागि अमृत । यस
पुस्तकका लेखकद्वय हुन् – ज्याक क्यान फिल्ड र
मार्क हेन्सन । उनीहरूले यो किताबलाई तयार
पारीवरी प्रकाशककहाँ पठाए । तर ,
प्रकाशकले सुधारको अपेक्षासहित फर्काए ।
लेखकद्वयले यसलाई पुनःलेखन गरेर
प्रकाशककहाँ फेरि पठाए । फेरि पनि अझै
सुधारको सुझावसहित पुस्तक फर्काइयो । उनीहरूले
हार मानेनन् । बरु अझै सशक्त सामग्रीसहित
पुस्तक प्रकाशकलाई ठम्याए । तर , यसपालि पनि
पुस्तक छापिएन । कुरा तीन –चारपटकको
प्रयासमा टुंगिएन । उनीहरूले आफ्नो पुस्तकलाई
३४ पटकसम्म लेख्न, फेरि लेख्न बाध्य भए ।
अन्ततः पैंतीसौंपटकको भगिरथ प्रयास र अपार
धैर्यपछि पुस्तक निस्कियो र रातारात यसले
विश्व बजार ओगट्यो । अतः असम्भव केही पनि
हुँदैन । मात्र प्रयासको कमीले ' असम्भव' जन्मिने
हो ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......