Monday, June 29, 2015

रिस गरेर हुन्छ?_132

एउटा बाहुनको छोरो दुख गर्छ
मिहेनत गर्छ टुप्पी कसेर पढ्छ
अनि लोक सेवा आयोग पास गरेर प्रशानिक नेतृत्वमा पुग्छ !
अब उनले देश हाक्यो भनेर रिस गरेर हुन्छ ......

नेवार समुदायको शाक्यहरु सुन
चादी व्यापार गर्छ .....
करोडौ कमाऊछ ......
अब उसको सम्पति माग्न जाने त.....
गुरुङ मगर र राइ लिम्बुका छोरा ब्रिटिश आर्मीमा जान्छ......
ज्यानको बाजी थापेर काबुल ,
बग्दाद बसेर धन कमाउछ ....
के अब उसको धन लुट्न जाने........... .
क्षत्रीको छोरो पल्टनमा जागिर
खान्छ .......
अब उ जर्नेल भयो भनेर मुर्मुरिएर हुन्छ......
सोलुको शेर्पा र रसुवाको तामांगलाई खैरेले sponsor गर्छ,विदेश लग्छ..... 
अब डडेल्धुरा र इलामको जनताले डाह गरेर हुन्छ......
काठमाडौँ राजधानी भाको छ......
यहाको जमिनको मुल्य सुन सरह छ........
अब बाकीले इर्ष्या गरेर हुन्छ.....
सिन्धुपाल्चोक र बिरगंज ब्यापारिक नाका भयो भनेर
अरु स्थानको जनताले लोभ गरेर
हुन्छ........

सबै क्षेत्र र जातिको आ आफ्नै
बिशेसता र मौलिकता छ...........
तेसैले त सास्कृतिक ,भासिक
,साम्प्रदायिक बिबिधतामा नै
रास्ट्रिय एकता नेपालको सुन्दरता हो..........

मधेसमा अन्नको भण्डार छ......
हिमालमा अग्ला हिमालहरु छन्......
पहाडमा उपत्यका छन्..........
हिमाल पहाड र तराई नै
नेपालका तीन आधार स्तम्भ हून........

 

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......