Wednesday, June 24, 2015

आफ्नी आमालाई बृद्दाश्रम छोडेर आउंछ_46

बाउ गुज्रिएपछि छोरो आफ्नी आमालाई बृद्दाश्रम छोडेर आउंछ...
केही बर्षपछी बृद्दाश्रमबाट फोन आउंछ..
तपाईकी आमा मरणासन्न अबस्थामा छिन् छिट्टै आउनुस् !
छोरो आमालाई भेटेपछी भाबुक हुन्छ, उ भन्छ":-"
आमा.. भन्नुस् म तपाईंको लागि के गर्न सक्छु?".
आमा भन्छिन् :- "अरु केही गर्नु पर्दैन। यो कोठामा एउटा पंखा लगाईदिएस्" !
❄❄
छोरो भन्छ:- "यत्तिका बर्ष त तपाईं बिना पंखाकै बस्नुभयो, अब अहिले आएर यो अन्तिम घडिमा किन पंखा आमा?"
आमा भन्छिन् :- "छोरा, मैले त जसरी तसरी गुजारें यत्तिका बर्ष तर.........
जब तेरो छोरोले तंलाई यो कोठामा ल्याएर छोड्नेछ, तं बिना पंखा बस्न सक्ने छैनस् छोरा...!

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......