Sunday, June 28, 2015

टुप्पी पाल्नुको खास रहस्य के हो ? _117

टुप्पी पाल्नुको खास रहस्य के हो ? किन पहिले पहिले लामो टुप्पी पाल्ने गरिन्थ्यो ? के होला यसको रहस्य ? आउनुहोस् जान्ने प्रयास गर्नुहोस्

वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले
टुप्पी राख्ने चलन छ । हिन्दु धर्म शास्त्रमा टुप्पी
काट्न नहुने र यसको महत्वबारे चर्चा गरिएको छ ।

१ धर्मशास्त्रका अनुसार टुप्पीको सबै भन्दा पहिलो फाइदा स्मरण
शक्तिमा बृद्धी हुनु हो । टुप्पी राख्ने ब्यक्तिको
स्मरण शक्ति उच्च हुने शास्त्रमा उल्लेख छ । टुप्पी विषयमा
चाणक्यले भनेका छन् कि टुप्पी नबाँधीकन कुनै सपथ
समेत लिनु हुँदैन । टुप्पीकले शरीरको मुख्य
सञ्चालन हुने अंगसँग टुप्पीको सम्बन्ध हुने समेत बैज्ञानिक
खोजहरुले देखाएका छन् ।

२ मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ
त्यहाँ पनि टुप्पीको सम्बन्ध हुन्छ । यसैले टुप्पीमा
चोट लागेमा मानिसको छिटो मृत्यु हुन्छ । टुप्पीले मानिसहरुलाई
विभिन्न रोग ब्याधीबाट समेत बँचाउने गरेको बताइन्छ ।

३ टुप्पील गर्मी वा चिसोबाट पनि बचाउँछ ।
शरीरको मुख्यभागलाई चिसो वा गर्मीबाट बचाँएर मानिसलाई
स्वस्थ राख्न समेत टुप्पीको मुख्य भूमिका हुन्छ ।

४ टुप्पी रहेको स्थानमा शरीरका सबै ज्ञानेन्द्रिय
अर्थात कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले
हात, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ । तसर्थ शिखा अर्थात
टुप्पी पाल्दा शारीरिक र मानसिक नियन्त्रण पनि सम्भव
छ ।

५. मस्तिष्क जति सामर्थ्यबान हुन्छ अन्य अंगको शक्ति पनि त्यति नै बढ्छ
। त्यसैले टुप्पीको बैज्ञानिक फाइदा समेत धेरै रहेको छ ।


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......