Thursday, June 25, 2015

माया र लब_70

माया र लब
5 सालको बच्चा :- आमा माया र लब मा के फरक छ ?
आमा :- म तँलाई जुन गर्छु त्यो माया हो र तँ जसलाई गर्छस त्यो लब हुन्छ ।
आमा :- छोरा बाचा गर कि तैले मेरो साथ कहिल्यै छोड्दिनस
बच्चा :- बाचा रहयो आमा तपाइको साथ कहिल्यै छोड्दिन
15 सालपछी ......
केटि :- म तिम्रो लागि मेरो बुवा आमा घरपरीवार सबै छोडेर आएको छु Promise गर कि तिमिले मेरो साथ कहिल्यै छोड्दैनौ ।
केटा :- Promise कहिल्यै छोड्दिन
सबै ठिक थियो फेरि एकदिन ....
डाक्टर :- तिम्रो आमा र श्रीमति दुवैको किड्नी फेल भएको छ । तपाइले किड्नी डोनेट गर्नुपर्ने हुन्छ र कुनै एकजनाको साथ छोड्नुपर्छ ।
केही समयपछि....
आमा :- डाक्टर ! मलाई किड्नी कसले दियो ?
डाक्टर :- तपाइको छोराले ।
केटि :- डाक्टर ! मलाई किड्नी कसले दियो ?
डाक्टर :- तपाइको श्रीमानले । उसको मृत्यु भयो । यो चिठ्ठी तपाइहरुको लागि छोडेको छ ।
चिठ्ठिमा लेखिएको थियो :- आमा मलाई माफ गरीदिनु तपाइले मलाई जिन्दगी दिनुभएको थियो कसरी म तपाइलाई केही हुन दिन्थे । त्यो केटि मेरो लागि सबैकुरा छोडेर आएकि थिइन कसरी म उनलाई केही हुन दिन्थे । आमा यदि तपाइलाई केही हुन्थ्यो म जिउदै मर्नेथिए र त्यो केटिलाई केही हुन्थ्यो भने मैले आफुलाई कहिल्यै माफ गर्न सक्दिन थिए । मैले तपाइहरु दुवैजनालाई गरेको बाचा पूरा गरे ।
लब :- म तिमिलाई एउटा नयाँ जिन्दगी दिएर जादैछु किनकी म तिमिलाई धेरै लब गर्छु ।
माया :- आमा जब तपाईं आउनुहुन्छ मेरो चिहानमा हालखबर जान्नको लागि भने भित्रबाट एउटा आवाज आउनेछ , " आज पनि तपाइको प्रेम जिउँदो छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......