Monday, June 29, 2015

सफलता को सुत्र_126

" दर्द " 
सबै मान्छेमा हुन्छ तर ....
कोहि देखाउछ भने कोहि लुकाउछ ।

" सहयात्री " 
सबै हुन्छन तर ...
कोहि साथ दिन्छन कोहि साथ छोडीदिन्छन

" माया " 
सबैले गर्छन तर ....
कोहि दिलले गर्छन भने कोहि दिमागले गर्छन

" मित्रता " 
सबैले गर्छन तर ...
कोहि जाँच्छन भने कोहि निभाउछन

" नाता " 
सबैसित हुन्छ तर ....
कोहि यसलाई प्रेमपुर्वक निभाउछन भने कोहि घृणाको भावले निभाउछन

" एहसास "
सबैलाई हुन्छ तर ...
कोहि महशुस गर्छन भने कोहि बुझ्न सक्दैनन

" जिन्दगी " 
सबैले जिउछन तर ...
कोहि सबैकुरा पाएर पनि दुखी हुन्छन भने कोहि सबैकुरा गुमाएर पनि सुखी हुन्छन।।।।

1 comment:

  1. hjr sir hjr ko yo bhanai ma mero youtubenma rakhna sakxu??

    ReplyDelete

टिप्पणी गर्नुहोला......