Thursday, June 25, 2015

एउटा तितो सत्य _69

एउटा तितो सत्य :
* नदि , तलाउमा नुहाउन लाज हुन्छ
- तर स्विमिङ्ग पुलमा नुहाउदा फेसन हुन्छ ।
* गरीबलाई एक रुपैयाँ पनि दान गर्न सक्दैन ।
- तर वेटरलाई टिप दिनमा गर्व महशुस गर्छ
* आमाबाबालाई एक गिलास पानी दिन सक्दैन
- तर नेताहरु देख्दैमा वेटर बनिदिन्छ
* ठुला मान्छेहरुको अगाडि शिर निहुराउनुमा प्रोब्लम हुन्छ
- तर अरुलाई बेइजत गर्न माहिर बन्छ
* आफ्नो घरको आगनमा बसेर खाना खान शरम हुन्छ
- तर पार्टिमा खाना खान लाइन लाग्न राम्रो लाग्छ
* बहिनिले केहि माग्यो फजुल खर्च लाग्छ
- तर गर्लफ्रेन्डको डिमान्डलाई आफ्नो सौभाग्य सम्झिन्छ
* गरीबको सब्जी खरीद गर्नमा इन्सल्ट हुन्छ
- तर शपिङ्ग मलमा पकेट खाली गर्नु गर्व सम्झन्छ
* आफन्त मर्दा या परिवारको कोहि मर्दा टाउको चिन्डे पार्न हिच्किचाउछ
- तर " गजनी " लुकको लागि हरेक महिना ट्यापे बन्न तयार हुन्छ ।
* किसानद्वारा उब्जाएको फसल खान लायक लाग्दैन
- तर त्यही फसलमा मोडिफाइ र प्याकिङ्ग गरेर बेच्यो भने क्वालिटी लाग्छ

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......