Wednesday, June 24, 2015

सफलता को सुत्र _52


बाल्यकालमा मेरो एउटा नराम्रो बानि थियो, कहिलेकाहिँ म बाबाको पर्सबाट पैसा थाहा नपाउने गरि निकाल्थेँ। त्यसरी निकालेको पैसाले कहिले रेस्लिँग कार्ड किन्थे, कहिले पिपला मिठाई त कहिले साथिहरु सँग फिल्म हेर्न जान्थेँ। बिस्तारै बिस्तारे मेरो बानि बिग्रँदै गयो..पहिला पैसा थोरै भय पुग्थ्यो अब पहिलाको जतिले नपुग्ने भयो।
बाबा पनि आफ्नो पर्समा त्यति ध्यान दिनुहुन्थेन, न कहिल्यै पैसा गनेर राख्नुहुन्थ्यो न त कहिल्यै ठाउँमा नै हुन्थ्यो। यसकारण पनि मेरो त्यो खराब बानिमा मलजल भईरह्यो। अब म दश कक्षा पढ्ने भईसकेको थिएँ...अब मेरो ध्यान सिँगल स्क्रिन थिएटर बाट मल्टिप्लेक्स तिर गईसकेको थियो। त्यस दिन सबै साथिहरु एउटा ठुलो हलिउड फिल्म हेर्न जाने सल्लाह गर्दै थिए।
म सँग पैसा थिएन..बिकल्प उहि पुरानै थियो। त्यस दिन मैले बाबाको पर्सबाट पहिलो पटक तिन सय रुपयाँ झिकेँ। यति ठुलो रकम चोरेको यो नै पहिलो पटक थियो। फिल्म त साह्रै राम्रो थियो, तर त्यस दिन थाहा छैन कसरी...अचानक मलाई महसुस भयो कि म कति गलत काम गर्दै छु ।
तीन दिन सम्म म बाबाको नजिक पर्न सकिन..उहाँसँग नजर मिलाउन सकिन।
बाबा अझै पनि पर्सलाई ध्यान दिनुहुन्न, पर्स अझै पनि कहिले बिस्तारामा त कहिले टेबुलमा अस्तब्यस्तै रहन्छ। अहिले म एउटा कम्पनिमा जागिर गर्छु, बाबाको पर्सबाट अन्तिम पटक पैसा चोरेको आज दश बर्ष पुगेछ । अब म जागिर गर्छु...अनि कहिलेकाहिँ बाबाको पर्समा लुकाएर हजार, पाँच सयका नोठ हालिदिन्छु...
बाबाले थाहै पाउनुहुन्न, तर पनि मलाई मनमनै बहुत ‪#‎आनन्द‬ महसुस हुन्छ॥

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......