Thursday, June 25, 2015

कति सत्य छ ?_84

कति सत्य छ होइन ?
भक्ती जब भोजनमा प्रवेश गर्छ
भोजन " प्रसाद " बनिदिन्छ ,
भक्ती जब भुखमा प्रवेश गर्छ
भुख " व्रत " बनिदिन्छ ,
भक्ती जब पानीमा प्रवेश गर्छ
पानी " चरणामृत " बनिदिन्छ ,
भक्ती जब यात्रा मा प्रवेश गर्छ
यात्रा " तिर्थाटन " बनिदिन्छ ,
भक्ती जब संगीतमा प्रवेश गर्छ
संगीत " किर्तन " बनिदिन्छ ,
भक्ती जब घरमा प्रवेश गर्छ
घर " मन्दिर " बनिदिन्छ ,
भक्ती जब कार्यमा प्रवेश गर्छ
कार्य " कर्म " बनिदिन्छ ,
भक्ती जब क्रीयामा प्रवेश गर्छ
क्रीया " सेवा " बनिदिन्छ ,
भक्ती जब व्यक्तिमा प्रवेश गर्छ
व्यक्ती " मानव " बनिदिन्छ ।।।।।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......