Wednesday, June 24, 2015

सफलता को सुत्र _48

एकदिन एकजना शिक्षिकाले मजाक मजाकमैँ आफ्ना साना साना बिद्यार्थी संग भनिन्:- जसले भोलि आउंदा स्वर्ग को माटो लिएर आउँछ, म उसलाई पुरस्कार दिनेछु....!!
भोलिपल्ट शिक्षिका क्लासमा सबै बिद्यार्थी संग सोध्छिन्:- "के कसैले ल्यायो त स्वर्गको माटो....?"
सबै बिधार्थी चुप थिए....
एउटा फुच्चे जुरुक्क उठ्दै मिसको नजिकै गएर भन्छ:-
"लाउनुस् मिस! मैले ल्याएको छु स्वर्ग को माटो।"
मिस त्यो बच्चालाई हप्काउंदै भन्छिन्:-" के मलाई बेबकुफ ठानेको? कहाँ बाट ल्याईस् यो माटो...???"
बच्चो रुँदै रुँदै भन्छ:-"मेरि ‪#‎आमा‬ को पैताला मुनिबाट।"

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......