Monday, December 28, 2015

प्रेरक भनाइहरू


साथीहरू भनेको पैसा जस्तै हुन्, कमाउन सजिलो तर जोगाइरहन मुस्किल ।
- सामुएल बट्लर

जिवनमा दुई वटा चिजको कहिल्यै अन्त्य हुदैन, भगवानको कथा र मान्छेको व्यथा।

संसारका महान् व्यक्तिहरूले आफ्नो सबै भन्दा ठूलो सफलता आफ्नो सबै भन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए। -नेपोलियन हिल

बोल्नु र गर्नु पूर्ब एकछिन सोचे गल्ति हुदैन। - सत्य साइबाबा

'रिस'को उल्टो 'सरी' पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।

मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।

हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!!
तर ,
यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......