Monday, December 28, 2015

मानिसको मनोविज्ञान

" मानिस आफ्नो गल्तिमा वकिल र अरुको गल्तिमा जर्ज बन्ने गर्छ "

" पहिले जीवन मौनले चल्थ्यो अब जीवन लोनले चल्छ "

" यदि विवाहित जिवनमा खुशी देख्न चाहनुहुन्छ भने दुई वटा कुरा याद राख्नुस

1. जब तपाई गलत हुनुहुन्छ आफ्नो गल्ती चुपचाप स्विकार गर्नुस

2. जब तपाईं सहि हुनुहुन्छ हने पनि मौन रहनुस

" जुनदिन तपाइले आफ्नो सोच ठूलो बनाउनुहुन्छ ठुला ठुला मान्छेहरु तपाइको बारेमा सोच्न शुरु गर्नेछन "

" सम्बन्धको डोरी तब कमजोर हुन्छ जब मान्छेले गलत बुझाइको कारणले पैदा हुने सवालको जवाफ आफै बनाउछ "

" कुनैपनि गल्ती तपाइको जिन्दगीमा दुईपटक हुन सक्दैन किनकी यदि तपाइले त्यसलाई दोहोर्याउनु हुन्छ तब त्यो गल्ती होइन तपाइको इच्छा हो "

" दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ "

" सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ "

" आज स्वयमलाई जति राम्रोसित सम्झिनुहुन्छ शान्त र सुखी रहन त्यति नै सहज भइदिनेछ "

" प्रत्येक दिन एक " अपेक्षा " को साथ शुरु हुन्छ र " अनुभवको साथ खत्तम हुन्छ "

" परिस्थिती जब उल्टो हुन्छ तब " प्रभाव र पैसा " होइन " स्वभाव र सम्बन्ध " काम आउँछ "

" काँडा त नसिबमा आउँछ नै फुल जुन तिमिले गुलाफ चुनेका थियौ "

" आफ्नो जिवनलाई कहिल्यै कमजोर नसोच , यो सबैभन्दा अनमोल छ । तिमी जान्दैनौ कि तिमिभित्र कस्तो प्रतिभा लुकेको छ र तिमिले विश्वलाई के दिन सक्छौ "

दुई किसिमको मान्छेबाट होशियार रहनुस

1. एक त्यो जो तपाईमा त्यस्त ` कमी ´ बताउछ जुन तपाईमा छैन 
2. दोस्रो त्यो जुन तपाईको त्यस्तो ` खुबी ´ भनिरहन्छ जुन तपाईमा छैन

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......