Saturday, May 14, 2016

जो काम गरिरहेको हुन्छ उसैलाई तमाम गरिदिन्छ

एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलाए । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " ।
यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो " उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन "
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो " साथी तिमिलाई उठ्नैपर्छ , हिम्मत गर , नत्रभने तिमी मारिन्छौ । म तिमिलाई मदत गर्छु ल उठ । "
तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , " मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । "
जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो " देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्मत गर , प्रयास गर ।
घोडा जुरुक्क उठ्छ ,
खसीले भन्छ - हो ! स्याबास , अब भागेर हेर तेज अझै तेज । स्याबास !
त्यतिकै मा किसान आए उसले देखे कि घोडा अब उठेर दौडीरहेको छ , उ खुशीले नाच्न थाले र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाले " चमत्कार भयो , मेरो घोडा ठिक भयो , हामीले उत्सब पार्टी मनाउनुपर्छ , आज खसि काट्छु , खसिको बिर्यानी सबैलाई खुवाउछु "
शिक्षा -
Management लाई कहिल्यै थाहा हुदैन कि कुन Employee ले काम गरीरहेको हुन्छ , जो काम गरिरहेको हुन्छ उसैलाई तमाम गरिदिन्छ ।।।।
मनपरे शेयर गरिदिनुहोला ।।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......