Saturday, May 14, 2016

एउटी महान आमा

#‎Copid‬ 
THE WAY OF SUCCESS
एकदिन थोमस एल्बा एडीसन जो कि प्राइमरी स्कुलको विधार्थी थिए । आफ्नो घर आए र आफ्नो आमालाई एक कागज दिदै अनि भने " मेरो टिचरले यो कागज दिनुभएको छ र भन्नुभएको छ कि आफ्नो आमालाई दिनु " उक्त कागजलाई हेरेर एडीसनको आमाको आँखाबाट आँसु बग्न थाल्यो । जब एडीसनले सोध्यो कि-
" यसमा के लेखिएको छ ? " तब झस्किदै आमाले आँसु पुछ्दै भनिन , यसमा लेखिएको छ कि-

" तपाइको छोरा जिनियस छ , हाम्रो स्कुल छोटो स्तरको छ र शिक्षक धेरै प्रशिक्षित छैनन यसलाई तपाईं स्वयम् शिक्षा दिनुस "

केहीवर्ष पछि........

 एडीसनको आमाको स्वर्गवास भयो । थोमस एल्बा एडिसन जगको प्रशिद्ध वैज्ञानिक पनि बने ।उनले धेरै महान अविष्कार गरे । एकदि उनी आफ्नो परीवारको वस्तुहरुलाई नियालिरहेका थिए , दराजको एउटा कुनामा उनले एउटा कागजको टुक्रा भेटाए । उत्सुकताबस  त्यसलाई खोलेर हेर्यो र पढ्न थाले , त्यो त्यही कागज थियो , त्यो कागजमा लेखिएको थियो-
" तपाइको छोरा बौद्धिक स्तरमा निकै कमजोर छ , यसले गरीखान सक्दैन , यसलाई यो स्कुलबाट निकालिएको छ र फेरि  नपठाउनुहोला , "


एडीसन त हेरेको हेरै भयो र घण्टौसम्म रुदै रहयो । फेरि आफ्नो डायरी मा लेख्यो ,- " एउटी महान आमाले बौद्धिक स्तरमा आफ्नो
बच्चालाई युगौयुगसम्म विश्वकै महान वैज्ञानिक बनाइदिइन "
यहि नै सकारात्मकता र सकारात्मक पालक 
( माता - पिता ) को शक्ति हो । मन परेमा

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......