Saturday, May 14, 2016

जिन्दगीमा मित्रता होइन बल्की मित्रतामा जिन्दगी हुनुपर्छ

एउटा शहरमा दुईजना मिल्ने मित्र बस्थे । एउटा मित्रले मोबाइल खरीद गर्यो ।
पहिलो : हेर्नुस मित्र जि मैले नयाँ मोबाइल खरीद गरे ।
दोस्रो : वाह क्या खुशिको कुरा ! त्यसोभए आज तिमिले पार्टी दिनुपर्छ । यदि तिमिले पार्टी दियौ भने म तिमिलाई एउटा Gift दिन्छु ।
पहिलो : Ok ठिकै छ त्यसोभए आज राती होटेलमा मेरो तर्फबाट पार्टी । ( राती दुवैजना होटेलमा भेट्छन )
दोस्रो : अरे यार : तिमीसित धेरै पैसा थिएन । गरीब छौ । एक एक रुपैयाँ जम्मा गएर मोबाइल किन्यौ फेरि पार्टिको तयारी कसरी गर्यौ ?
पहिलो : पार्टिको लागि मैले मोबाइल बेचिदिए । तिम्रो लागि त ज्यान पनि दिन सक्छु यदि तिमी भन्छौ भने ।
दोस्रो : मलाई थाहा थियो कि तिमिके यस्तै कुनै काम गर्छौ त्यसैले तिमिले जुन पसलमा मोबाइल बेच्यौ मैले त्यही बाट फेरि किनेर ल्याएको छु । यो लेउ मेरो तर्फबाट यो Gift .
कथाको सन्देश - जिन्दगीमा मित्रता होइन बल्की मित्रतामा जिन्दगी हुनुपर्छ । एउटा सच्चा मित्र हजारौ नातेदारभन्दा महत्वपुर्ण हुन्छ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......