Saturday, May 14, 2016

नारा लगाउदैमा देश महान बन्दैन

नारा लगाउदैमा देश महान बन्दैन

धेरै समय पहिलेको कुरा हो ,
त्यो समयमा जापान विकशित देशमा सामेल थिएन । त्यो समय मा रेलहरुको हालत पनि धेरै बिग्रीएको थियो । एकजना नेपाली पनि त्यसैमा यात्रा गरीरहेका थिए । रेल को सिट च्यातिएको थियो ।
एक जना जापानी नागरिक पनि त्यसैमा यात्रा गरीरहेका थिए । जापानी नागरिकले आफ्नो ब्यागबाट सियो र धागो निकाल्यो र च्यातीएको सिटमा सिलाई गर्न थाल्यो । नेपाली नागरिकले सोधे " के तपाईं रेल्वे को कर्मचारी हुनुहुन्छ ?
उसले भन्यो " होइन, म एउटा शिक्षक हु , म यो ट्रेनबाट हरेकदिन अप डाउन गर्ने गर्छु ,
यो सिटको च्यातीएको हालत देखेर बजारबाट सियो र धागो किनेर ल्याएको छु । हरेकदिन देखेर मलाई यो महसुस हुन्थ्यो कि यदि कुनै विदेशी नागरिकले यसलाइ देख्यो भने मेरो देशको कति बेइज्जत हुन्छ , त्यसैले सिटको रिपेयर , सिलाइ गरीरहेको छु ।
सलाम छ 🙏 त्यो देशको शिक्षकलाई जसले देशको इज्जत आफ्नो इज्जत सम्झिन्छ र महान काम गर्दछ । त्यही जापान आज कति विकशित भएको छ कि वर्णन गर्नै सकिँदैन । बाकी हामी चाहिँ ट्रक को पछाडी " मेरो नेपाल मेरो गौरब " लेख्दैमा र नारा लगाउदैमा देश महान बन्दैन । सोच र कर्म पनि महान हुनुपर्छ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......