Saturday, May 14, 2016

दिल मा स्वार्थ र खोट हुन्छ

" दिल मा स्वार्थ र खोट हुन्छ , मुखले प्यार गर्छनलाम 
 धेरै मान्छेहरुले दुनियामा बस यहि व्यापार गर्छन "

" आवश्यकता ले तोडीदिन्छ मान्छेको घमण्डलाई ,
 हुदैन थियो बाध्यता भने हरेक व्यक्ती भगवान हुन्थ्यो "

" समय सबैलाई मिल्दछ जिन्दगी बदल्न को लागि तर जिन्दगी दोस्रोपटक मिल्दैन समय बदल्नको लागि 

" जिन्दगीले एकैपटक नै सहि तर त्यस्तो व्यक्तिसित अवस्य मिलाउछ जसको साथमा हामी आफ्नो सुखदुख सब बाड्न सक्छौ "
" जुन सम्बन्ध मा हरेक कुराको मतलब बुझाउनुपर्ने हुन्छ र हरेक कुरामा सफाइ दिनुपर्ने हुन्छ भने त्यो सम्बन्ध होइन ` बोझ ´ हो "
" उफ! कस्तो दिन आयो ,.... विचार सफा होस नहोस तर मोबाइलको स्क्रीन हमेशा सफा हुनुपर्छ "
" जिन्दगीमा सबैथोक गर्नु तर .... कसैलाई भरोसा सोचेर सम्झेर गर्नु "
" पुतली जस्तो तिम्रो ईच्छा ,हात लाग्नुभन्दा अगाडि नै उड्ने गर्छ "
" म थाकीसकेको थिए , पर्वाह गर्दा - गर्दै ... जबदेखी लापरवाही छु , आरामले छु "
" राम्रो व्यवहार को चाहे कुनै आर्थिक मूल्य होस नहोस , तर करौडो दिललाई किन्ने शक्ति राख्छ "
" जसको दुख .... उसैको दुख , बाकी सबैको लागि त्यो त तमाशा हो "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......