Monday, December 28, 2015

सम्मान लिऊ र दिऊ

अरुलाई सम्मान दिए आफु पनि सम्मान पाइन्छ !

कुकुरले टोक्यो भने हामी पनि कुकुरलाई टोक्दैनौँ बरु रेबिजको सुई पो हाल्छौँ। कसैले विरोध गर्दैमा त्यो व्यक्तिको विरोध गर्नु पनि हुँदैन, खराबीलाई भलाइले जित्नुपर्छ। सुन्दर कमलको फूल जहिले पनि हिलोमा नै फुल्छ, मनपर्ने गुलाबको फूल पनि काँडामा नै फुल्ने गर्छ। केही असल काम गर्दा पनि खुट्टा तान्ने, दोष र नानाथरीका आरोप पनि लगाउँछन्। सबैलाई खुशी पार्न र चित्त बुझाउन सकिँदैन। बाटोमा हिँड्दा ढुङ्गाले पनि हान्छन्, साँघुरो बाटो हिँड्न अवश्य गाह्रो हुन्छ तर सहनुपर्छ। कालो चश्मा लगाएर अरुलाई अँध्यारोमा छौँ भनी भन्ने दोषी आत्माहरु पनि धेरै नै छन् यो समाजमा। आफ्नो आङ्को भैँसी नदेख्नेले अरुको आङको जुम्राचाहिँ देख्छ, आफ्नो आँखाको मूँढा चाहिँ नदेखि अरुको आँखाको कसिङ्गरचाहिँ देख्छन्। अरुले जस्तो व्यवहार गरुन् भन्ने चाहन्छौ त्यस्तै व्यवहार
गर्नुपर्छ। अरुले जस्तो गर्यो त्यस्तै गर्नु पनि हुँदैन नत्र त अरु र हामीमा के फरक भयो र!!! तपाईले जति नै असल काम गर्नु भएको किन नहोस् तर मान्छे तपाईको एक गल्ती पर्खिरहेको हुन्छ, जुन दिन भेट्टाउँछ तपाईको सबै असल काम बिर्सेर बदनामी गरिहाल्छ। अरुको प्रगतिमा जल्नेहरु पनि धेरै हुन्छन्। दुधलाई पानीको गिलासमा हाल्दा खासै फरक पर्दैन तर एउटा विष मिसिएको गिलासमा दुध हालेमा सो विषले सबै दूधलाई पनि विष बनाइदिन्छ। बनाउन धेरै गाह्रो र बिगार्न धेरै सजिलो हुन्छ। कसैलाई त अरूको निन्दा, आरोप, बदख्वाइ नगरी निद्रा पनि लाग्दैन। अरुलाई तल झारेर आफू माथि चढ्न पनि तयार हुन्छन्। अरुलाई एक औँला उठाउँदा आफूपट्टिको चार औँलाचाहिँ बिर्सन्छन्। कहिले पनि साबुन र सोडाले धोएतापनि नमेटिने दाग दोषको कलङ्क हो, बिनाकारण कसैलाई दोष दिने काम सबैभन्दा नीच काम हो, जसले मन टुटाउँछ, कसैको पनि मन टुटाउनु हुँदैन !

कस्तो लाग्यो ? मन परे Share गरि अरुलाइ सुनाउनुहोस । मन नपरे Comment गरि मलाइ भनिदिनुहोस ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......