Tuesday, June 23, 2015

सफलता को सुत्र_ 9

पढ्न छुटाउनेले जिवनमा महत्वपुर्ण ज्ञानबाट वन्चित हुनुपर्छ । तीन मिनट समय निकालेर पूरा हरफ पढ्नुहोस ।।

जिवनको पहिलो पाठ के हो ?
हामीलाई के लाग्छ जिवनको पहिलो पाठ ? एउटा त लागिरहेकै होला यो होला जिवनको पहिलो पाठ । महापुरुषहरुलाई लागिरहेको हुन्छ जिवनको पहिलो पाठ यो हो । त्यसलाई ठम्याइसकेका हुन्छन उनिहरुले । हामीहरुले पनि ठम्याइरहेका होलाऔ । त पा ई को ठम्याइ के छ ? हामीले आ आफ्नो पारामा ठम्याइइरहेका हुन्छौ । के हो तपाइको ठम्याइ ? द्रोणाचार्यले सिकाए दुईवटा शब्द पहिलो पाठ । यहाँबाट शक्तिशाली जिन्दगीको , अर्थपुर्ण जिन्दगीको , मुक्तिमुखी जिन्दगीको द्वार खुल्छ दुई शब्दबाट यी दुई शब्दलाई चिन्तन मनन र अभ्यासमा ल्याउन सक्यौ भने बल्ल ए उ टा न याँ जिन्द गी को शु रु वा त हुन्छ ।
            ती दुई शब्द " सत्यमं बध: " Thats All कुनैपनि मुल्यमा सत्य बोल , सत्य बोल्न मिलेन भने चुप लाएर बस । ठाउँ यस्तो पनि होला जहाँ सत्य बोल्नु कसैको हत्याको कारण बन्छ भने तिमी चुप लाग । बाटो अख्तियार गर । तर झुठो त्यहाँ पनि नबोल । याद राख्नुस " सत्यम बध: " सत्यै बोल । एण केण प्रकारेण सत्यै बोल तर मिलेन भने मौन साध तर झुठो नबोल । " जान जाए परन्तु वचन न जाए "
               यहि हो पहिलो पाठ जिवनको । गडबड भयो भने सिङ्गो जीवन गडबड हुन्छ । याद राख्नुस सिङ्गो जिवनको समिकरण बिग्रन्छ । सिङ्गो Answer बिग्रीन्छ हिसाबको । गणितिय कुरालाई मनमा चिन्तनमा ल्याऔ । हिसाब गर्दा गणित अभ्यास गर्दा यदि प्रोसेसमा कतै गल्ती भयो भने Answer जहिल्यै पनि गल्ती नै आउँछ । कि तपाइलाई यो लाग्छ कि मैले प्रोसेसमा त गल्ती गरे तर Answer ठिक आयो ? असम्भव । Answer ठिक मिलाउनको लागि Answer मा कुनै ध्यान दिनुपर्दैन । प्रोसेसमा ध्यान दिनुपर्छ । किनकी प्रोसेस जहाँ बिग्रीन्छ त्यहाँ Answer कुनै हालतमा मिल्दैन । In case मिलिहाल्यो भनेपनि त्यो काक्ताले मात्रै हो अर्को ठाउमा मरिगए मिल्दैन । त्यसकारण जानी जानी Answer मिलाउनु असम्भव हुन्छ यदि प्रोसेस बिग्रीयो भने ।
                     त्यसकारण जिन्दगिको प्रोसेसलाई जथाभावी बाँचेर रिजल्ट ठिक ल्याउने हाम्रो जुन कोशिस हो त्यो पागलपन हो , दिवानगी हो । मुर्खताको पराकाष्ठा । हामिलाई त्यही लाग्छ नि अहिले जे भए पनि चलाई हालौ , गरी हालौ , पछि देखा जाएगा , पछि केही पनि देखिदैन ,पछि प्रोसेस जम्मै Wrong भएपछी Answer जम्मै Wrong हुन्छ । पछि केही पनि देख्न पाउनुहुन्न असफलता बाहेक , पछि केही पनि देख्न पाउनु हुन्न डिप्रेसन बाहेक , पछि केही पनि देख्न पाउनुहुन्न पिडा बाहेक । पछि के देखेगा , आजै देखेगा , अहिले देखेगा ।
                          अहिले ठिक छ भने पछि ठिक छ । चिन्ता गर्नुपर्दैन मेरो जिन्दगी कस्तो होला ? मेरो भविष्य कस्तो होला ? No ! No ! No ! सवाल भविष्य होइन सवाल वर्तमान हो ।बिग्रीयो वर्तमान ? गयो भविष्य । सप्रीयो वर्तमान ? भविष्य कहि पनि जादैन । किनकी भविष्य वर्तमानकै विस्तार हो ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......