Tuesday, June 23, 2015

सफलता को सुत्र_ 23


* मान्छेसित मिल्ने समयमा यति धेरै नझुक कि उठ्ने बेलामा सहारा लिनु परोस ।
* बोलिको हिफाजत सम्पत्ती भन्दा धेरै मुश्किल छ ।
* गरीबको मजाक नउडाउ किनकी गरीब हुन समय लाग्दैन ।
* यदि प्रार्थना गर्न सक्दैनौ भने अपराध पनि नगर ।
* दुनियाले यो देख्दैन कि तिमी पहिला के थियौ , बल्की यो देख्दछ अहिले तिमी के हौ ? ,
* जहाँ आफ्नो कुराको कदर हुदैन त्यहाँ चुप लाग्नु नै बुद्धिमानी हुन्छ ।
* धनवान् त्यो होइन जसको तिजोरी नोटले भरीएको छ , बल्की धनवान् त्यो हो जसको तिजोरी आफन्त , मित्रता र मेलमिलापको प्रेमले भरीएको छ ।
* आजकल मान्छे समझिन्छन कम र सम्झाउछन ज्यादा , त्यसैले मामला सुल्झिन्छन थोरै उल्झिन्छन धेरै ।
* गुनासो त धेरै छ तिमीसित ए ! जिन्दगी , तर चुप यसकारण छु कि जे दियौ तिमिले त्यो पनि धेरैको नसीबमा हुदैन ।
* न सफारीमा नजर आयो न फरारी मा नजर आयो
जुन खुशी थियो बालापनमा साथिहरुको साथ ,
त्यो त साइकलको सवारीमा नजर आयो ।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......