Tuesday, June 23, 2015

सफलता को सुत्र_ 12


एउटा केटाले एउटि केटिलाई धेरै प्रेम गर्थ्यो
केटाले केटिलाई प्रपोज गर्यो ।
केटि :- जति तिम्रो महिनाको सेलरी छ त्यति मेरो एक हप्तामा खर्च हुन्छ । त्यसैले तिमीसित म प्रेम गर्न सक्दिन ।
केटालाई यो कुरा सुनेर सारै इख लाग्यो ।
20 सालपछी सँयोगले दुवैजनाको एउटा सपिङ मलमा भेट हुन्छ । कुरैकुरामा केटिले भनिन मेरो पति एउटा धेरै ठुलो कम्पनीमा नोकरी गर्दछ । उनको सेलरी 80,000 प्रतीमहिना छ । उ धेरै होशियार पनि छ । अब तिमी नै भन , मैले त्यसदिन तिमीसित विवाह नगरेर कुनै गल्ती गरे ?
केटाको आँखा रसाउँछ र केहिछिन पछि दुवैजना आफ्नो आफ्नो कामको लागि निस्कन्छ ।
केही समयमै केटिको पतिले केटिलाई लिन आयो र अचानक उनको पतिको आँखा त्यो केटाको तर्फ पर्यो ।
र उनले भन्यो " अरे ! सर तपाई यहाँ ? पछि आफ्नो पत्निलाई भन्यो कि उहाँ मेरो कम्पनिको मालिक हुनुहुन्छ । एकसालको 500 करोडको टर्नओभर छ ।
Moral : कसैको पनि वर्तमान स्थिती हेरेर कहिल्यै हेला नगर किनकी कलामा यस्तो शक्ति हुन्छ कि बिस्तारै बिस्तारै कोइलालाई पनि हिरामा परीणत गरिदिन्छ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......