Tuesday, June 23, 2015

सफलता को सुत्र_ 15

एक जना मानिसले
एउटा भित्तामा ठुलो सेतो कागज टास्यो अनि त्यो
कागजमा एउटा कालो थोप्ला लगायो र त्यहाँ भएका
मानिसहरुलाई सोध्यो,"तपाइहरुले अहिले के देख्दै हुनुहुन्छ" ?
सबैले भने, " कालो थोप्ला" उसले भयो, " अच्चम्म छ, तपाइहरुले
यत्रो ठुलो सेतो कागज देख्नु भएन तर यति सानो कालो
थोप्ला देख्नु भयो ! अहिलेका मानिसहरुको समस्या यहि नै
छ , एउटा मानिसले
जिन्दगि भरी गरेको राम्रो काम कसैले पनि देख्दैन तर
अन्जानमा उसले गरेको सानो भन्दा पनि सानो गल्ति सबैले
देख्छन , अरुले गरेको राम्रो काममा कसैको नजर जादैन कहाँ र
कति बेला उ बाट गल्ति हुन्छ सबैको ध्यान त्यता तिर मात्र
हुन्छ !
" अरुको गल्ति मात्र खोजिरहने मानीस त्यो झिंगा जस्तै
हो जुन स्वच्छ र सफा ठाउँलाई छोडेर केवल फोहोर र
दुर्गन्धमा मात्र रमाउछ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......