Tuesday, August 18, 2015
१३७- ==
छोटो जीवन छ लगभग 80 वर्ष ।
त्यसमा आधा = 40 वर्ष त रात हुनुबाटै बित्छ ।
त्यसको आधा = 20 वर्ष बचपन र बुढापन मा बित्छ ।
त्यसमा पनि कहिले योग , कहिले वियोग , कहिले पढाइ ,
कहिले परीक्षा , नोकरी , व्यापार र अनेक चिन्ताहरुले
व्यक्तिलाई घेरेर राख्छ । अब बच्यो नै कति ? 8/10 वर्ष ।
त्यसमा पनि हामी शान्तिले बाँच्न सक्दैनौ ।यदि हामी थोरै नै
सम्पत्तीको लागि झगडा गर्छौ भने , र फेरि सबै सम्पत्ती यहि छोडेर
जान्छौ भने यत्रो मुल्यवान मनुष्य जीवन प्राप्त गर्नुको के लाभ भयो ?
स्वयम् विचार गर्नुस.......यति धेरै हुँदा पनि ,
1. शब्दकोशमा असंख्य शब्द भएतापनि ....
- मौन हुनु सबैभन्दा राम्रो ।
2. दुनियाँमा हजारौ रङ भएतापनि ......
- सेतो रङ सबैभन्दा राम्रो हो ।
3. खानको लागि दुनियाँभरको चिज भएतापनी .......
- उपवास शरीरको लागि सबैभन्दा राम्रो हो ।
4. पर्यटनको लागि रमणीय स्थल भएतापनि .....
- रुखमुनि ध्यान लगाउनु सबैभन्दा राम्रो हो ।
5. देख्नको लागि यति धेरै कुरा भएतापनि ......
- बन्द आँखाले आफुभित्र हेर्नू सबैभन्दा राम्रो हो ।
6. सल्लाह दिने मान्छे धेरै भएतापनि ......
- आफ्नो आत्माको आवाज सुन्नु सबैभन्दा राम्रो हो ।
7. जीवनमा हजारौ प्रलोभन भएतापनि .......
- आफ्नो सिद्धान्तमा चल्नु सबैभन्दा राम्रो हो ।
मान्छेको भित्रबाट जे सम्मोहित हुन्छ भने त्यो
" स्वाभिमान "
र
जो मान्छेको बाहिर छल्किन्छ भने त्यो
" अभिमान "
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......