Tuesday, August 18, 2015

१३५==

एक जना मान्छे कहि डेरा लिएर बसेका थिए । उनलाई दुख दिन उनका शत्रुले जहिले भित्तामा पान खाएर थुक्ने गर्थे ।थुक्थ्यो डेराबालाले साफ गर्थ्यो , थुक्थ्यो डेराबालाले साफ गर्थ्यो , आज साफ गर्यो भोलि फेरि जस्ताको तस्तै ! यो क्रम लगभग एक महिनासम्म चलिरहयो । थुक्ने व्यक्ती अलिक बलवान् थिए त्यसैले उसलाई केही गर्न सक्दैनथ्यो । तर एकदिन उनको डेरामा भिक्षाटनको लागि एकजना गुरु आए , गुरुले उनलाई निराश देखेर प्रश्न गरे , के भयो बाबू किन यत्रो चिन्तित देखिन्छौ ? उनले गुरुजी लाई सबै आफ्नो नालिबेली सुनाए । र गुरुजिले उनलाई एउटा गत्तिलो उपाय दिए , भोलि पल्ट देखि त्यो पान खाएर थुक्ने क्रम बिल्कुलै बन्द भयो । गुरुजी को उपाय यस्तो थियो " जहाँ त्यो तिम्रो शत्रु या बलवान् थुक्छ त्यहाँ " जय श्री राम " लेखिदेउ भोलिपल्ट देखि थुक्नै छोड्छ " त्यसैले मित्रहरु हमेशा यो कुरा याद राख्नुस कसैको रिसलाई रिसकै माध्यमबाट परास्त गर्न सकिँदैन । रिसलाई प्रेमले नै जित्न सकिन्छ । बदलाको भावनाले तपाई अझ पतनको खाल्डो तिर धकेलिनुहुन्छ । यदि तपाइको दुश्मनले तपाइको घर अगाडि बम फालेर खाल्डो बनाइदिन्छ भने तपाईं त्यसलाई नपुर्नुस किनकी पुर्नुभयो भने फेरि उसले त्यहा उसले अर्को बम फालेर खाल्डो बनाइदिन्छ बरु उपाय कौशल्यता अपनाउनुहोस र त्यो खाल्डोमा माछा पाल्नुस । तपाइलाई खन्नुपनी परेन माछा पालन पनि भयो , आम्दानी पनि भयो । भएन त गज्जब !

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......